YouTube Link

कान्तिपुर दैनिकमा प्रकाशित “अझै छटपटाई रहेका छन् घाईते” शिर्षक समाचारप्रति सुनुवार विद्यार्थी समाजको ध्यानाकर्षण

World Cup 2026
Facebook Link

काठमाडौं: कान्तिपुर दैनिकको मिति २०७७।०२।२५ गते पहिलो पृष्ठमा प्रकाशित भएको रुकुम घटनाः स्थलगत पश्चिम रुकुममा घटेको घटनासँग सम्बन्धित समाचार “अझै छटपटाई रहेका छन् घाईते” शिर्षकमा प्रकाशित समाचारप्रति सुनुवार विद्यार्थी समाज संघीय समितिले ध्यानाकर्षण गराएको छ ।

कसलाई के भएको छ ? भन्ने फोटो क्यापसनमा प्रयोग गरिएको “गोविन्द सुनुवार” लेखिएको प्रति सुनुवार विद्यार्थी समाजले ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण गराउँदै भनेको छ- “हामी एकिनका साथ रुकुम पश्चिममा किरात समुदायको “सुनुवार” जाति नरहेको कान्तिपुर पब्लिकेशनलाई प्रष्ट पार्न चाहन्छौँ । “सुनुवार” जाति छुट्टै पहिचान भएको किरात समुदाय अन्तर्गतको जनजाति भएको पनि प्रष्ट बनाउन चाहन्छौँ ।”

ध्यानाकर्षण गराउँदै भनेको छ- “राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकार जगतको संस्थाले लापरवाही ढङ्गले गरेको गल्तिको भर्त्सना गर्दै हामी मातृसंस्था सुनुवार सेवा समाज, सुनुवार अग्रजहरु, विद्यार्थी साथीहरु लगायत सम्पूण मिडयाहरुलाई यस प्रति सचेत रहन अनुरोध गर्दछौँ ।” साथै, कान्तिपुर पब्लिकेशनले गरेको गल्तीलाई तुरुन्त सच्याउन र आगामी दिनमा यस किसिमको गल्तीले ठूलो क्षतिको सामना गर्नुपर्ने प्रति सचेत गराउएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...