YouTube Link

राष्ट्र बैंकद्वारा ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन-२०७७’ लागू, सूचना प्रविधि सम्बन्धी सेवा निरन्तरता दिईने

Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन-२०७७’ लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार ४२ बुँदे निर्देशन जारी गर्दै जनशक्ति व्यवस्थापन, बैंकिङ सेवा तथा अत्यावश्यक कार्य सञ्चालन, कार्यालय एवम् स्वास्थ्य सुरक्षा, वर्क फ्रमहोम गरी चारवटा विषयका सम्बन्धमा त्यस्तो मार्ग निदर्शन जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार मार्ग दर्शनमा जनशक्ति व्यवस्थापन बढीमा एक तिहाई कर्मचारी मात्रै उपस्थित भएर राष्ट्र बैंक सञ्चालन गर्नेगरी यस्तो मार्गदर्शन ल्याएको हो । एक तिहाई भन्दा बढी कर्मचारी आउनुपर्ने अवस्थामा जनशक्ति व्यवस्थापन विभागबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । उक्त मार्गदर्शनमा सम्बन्धित विभाग, कार्यालय, महाशाखा, इकाईको जिम्मेवारी सम्बन्धित विभाग, कार्यालय, महाशाखा वा इकाईको प्रमुखले लिने, कामको प्रकृति अनुसार घरमै बसेर काम गर्ने व्यवस्था मिलाउने, ६/६ दिनको रोटेसनमा कार्यालय उपस्थित भएर काम गर्ने व्यवस्था गर्ने भनिएको छ ।

राष्ट्र बैंकका कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, संक्रमित जिल्लाबाट फर्किने कर्मचारी १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, बैंकिङ सेवा सञ्चालन सम्बन्धमा बैंकिङ कार्यालय र मुद्रा व्यवस्थापन विभाग र प्रदेश कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी र नगद जम्मालाई निरन्तरता दिने त्यस्तो काम गर्नेलाई कर्मचारीले ग्लोभ्स र मास्क अनिवार्य गर्ने तथा सम्बन्धित कार्य सञ्चालनको लागि सूचना प्रविधिसम्बन्धी सेवा निरन्तरता दिने जनाइएको छ ।

त्यस्तै, घरमै बसेर गर्न सकिने कामको लागि त्यसरी काम गर्न स्वीकृति दिने, त्यस्ता कर्मचारीहरु कार्यालय प्रमुखको निरन्तर सम्पर्कमा रहनुपर्ने र प्रमुखले दिएको निर्देशन पालना गर्नुपर्ने, टेलिफोन, मोबाइललाई तयारी अवस्थामा राख्नुपर्ने विषय समावेश गरिएको छ ।

 


X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...