YouTube Link

भेनेजुएलामा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढीको मृत्यु

Facebook Link

एजेन्सीः भेनेजुएलामा एउटा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । कारागार सम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर आक्रोशित बनेका थिए ।

कैदीहरूले जेल तोड्ने प्रयत्न गरेको भन्ने अधिकारीहरूको दाबीबारे उक्त सङ्गठनले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेको छ । घटनामा गभर्नर सहित कारागारका कर्मचारी समेत घाइते भएका छन् । कारागार सम्बन्धी मामिला हेर्ने मन्त्री आइरिस भारेलाले घटना भएको पुष्टि गरे पनि मृतकको सङ्ख्याबारे केही नबताएको एउटा स्थानीय पत्रिकाले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भेनेजुएला सरकारले विभिन्न कदमहरू चालेपछि देशका फोहोर र कैदीले खचाखच कारागारहरूमा दङ्गाका घटना बढ्दो छन् । क्वारन्टीन सम्बन्धी नियमहरूका कारण कैदीहरूले आफन्तले ल्याइदिएका खानेकुरा लिन पाउँदैनन् जुन खानेकुरामा उनीहरू निर्भर रहन्छन् । भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार दङ्गामा ४६ जना कैदीको ज्यान गएको छ र एउटा स्थानीय अस्पतालको आकस्मिक उपचार कक्ष घाइतेहरूले भरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...