YouTube Link

आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस, कोरोना महामारीका कारण औपचारिक कार्यक्रम प्रभावित

Facebook Link

काठमाडौं: आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने गरिने छैन ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ । नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् ।

प्रेस स्वतन्त्रताको मामिलामा नेपालका छिमेकी मुलुकहरुको अवस्था पनि दयनीय नै रहेको छ । १८० देशको यो सूचीमा भारतको अवस्थामा पनि खस्किदो नै छ । भारत १४२औँ नम्बरमा रहेको छ भने चीन १७७औँ स्थानमा छ । भुटान ६७, श्रीलंका १२७, म्यानमार १३९, पाकिस्तान १४५ र बंगलादेश १५१ औँ स्थानमा रहेको छ ।

सन् २०२० को प्रेस फ्रिडम इन्डेक्समा नर्वे पहिलो स्थानमा रहेको छ भने उत्तर कोरिया अन्तिममा रहेको छ । नर्वे यो सूचीमा लगातार चार वर्षदेखि शीर्ष स्थानमा रहेको छ । उता, उत्तर कोरिया सन् २०१८ मा पनि अन्तिम स्थानमा रहेको थियो । सन् २०१९ मा भने इरिट्रियाले उसलाई उछिनेको थियो ।

सन् १९९१ मा प्रेस स्वतन्त्राको लागि अफ्रिकाका पत्रकारहरुले एक पहल गरेका थिए । यूनेस्कोले यसबारे नामीबियामा एक सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलन २९ अप्रिलदेखि ३ मेसम्म चलेको थियो । सम्मेलनपछि प्रेस स्वतन्त्रताबारे एक वक्तव्य जारी गरिएको थियो । जसलाई ‘डिक्लेरेशन अफ विन्डहोक’ भनिन्छ । विन्डहोक नामीबियाको राजधानी हो । यस सम्मेलनको दोस्रो जयन्तीको अवसरमा सन् १९९३ मा यूनेस्को र संयुक्त राष्ट्र महासभाले हरेक वर्ष ३ मेमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको थियो । त्यहीँबाट यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपाल पत्रकार महासङ्घले राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकार गिरफ्तारका घटना बढी देखिएको जनाएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएको महासंघको ठहर छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...