सातै वटा प्रदेशमा मेगा बैंकद्वारा पाँच-पाँच लाख सहयोग
वि.सं.२०७६ चैत २७ बिहीवार १०:५५
1.8K
shares
काठमाडौं: मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका सात वटै प्रदेशलाई पाँच-पाँच लाख नगद हस्तान्तरण गरेको छ । ६ वटा प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लो पटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ ।
मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई पाँच-पाँच लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो ।
वि.सं.२०७६ चैत २७ बिहीवार १०:५५



















