YouTube Link

एउटा शिक्षकको आँखामा प्रेम आचार्य प्रकरण

Facebook Link
vision

प्रेम आचार्यको मृत्यु एउटा अत्यन्त दुःखदायी, मर्मस्पर्शी सामाजिक घटना हो । यस घटनाले उनका सहदोर परिवारजन, नर-नाता साथीभाई, छरछिमेकी, सिङ्गो समाज र राष्ट्रलाई शोकाकुल र भावविहल बनाएको छ । राष्ट्रले एउटा हनोहार उद्यमी युवालाई सदाका लागि गुमाएको छ । जुन ज्यादै अप्रिय घटना हो ।

 

हाम्रो समाजमा यस्ता स्वयम् मृत्युवरण गर्ने आत्मघाती घटनाहरु श्रृंखलाकै रुपमा देखिन थालेका छन् । तर प्रेम आचार्यले आफ्नो मृत्युवरण गर्नुअघि लेखेको उनको आत्मकथाले समाजमा किन यस्ता घटना घटिरहेका छन् भन्ने कुराको उजागर गरिदिएका छन् । प्रेम आचार्यले आफू बाँचिरहनका लागि विभिन्न सम्बन्धित पक्षहरुसँग गरेको हार गुहार ज्यादै प्रशंसनीय र बहादुरीपूर्ण देखिन्छ । तर, हाम्रो घरपरिवार, समाज, नर-नाता र राष्ट्रका निकायहरु समेतको मौनताले उनमा अझ-अझ निरासाको स्तर बढ्दै गएको देखिन्छ । यही विन्दुमा सच्याउनै नसकिने भयानक त्रुटी भयो । यस्तो लाग्छ सायद कुनै निकायले उनलाई आँट भरोसा दिएका भए उनले यति कठोर निर्णय गर्ने थिएनन् होला । प्रेमको आत्मकथाले हाम्रो आर्थिक, सामाजिक मनोदशाको परिवेशलाई उदाङ्ग पारेकै छ । तथापी उनको मृत्यु प्रकरणलाई न त नकरात्मक न त सकारात्मक तर उचित र विवेकपूर्ण गहिरो विश्लेषण गरि सम्बद्ध जिम्मेवार निकायहरुले समाजमा यस्ता घटना नदोहोरिउन भन्ने तर्फ उन्मुख भई उचित विचार सम्प्रेषण गर्न जरुरी छ ।

 

प्रेमको आत्मा कथा पढ्ने जोसुकैले सहजै अनुमान गर्नसक्छ, उनी एउटा देशप्रेमी र साहसीक उद्यमी थिए । तर समय चक्रसँगै उनी आर्थिक बिचलनको चपेटामा पुगे । यसले उनको परिवार, नीजि जिवनमा विभिन्न तनावहरुको सामना गर्नुपर्यो । यो परिस्थिति बढ्दै गएर मृत्युवरणको अवस्थामा पुग्यो । सँगै सबै सपनाहरु चकनाचुर भए । जिवन जिवन रहेन । उनको आत्माकथाले नेपाल सरकारको नीति नियम, सम्बद्ध व्यापार साझेदारहरु, राजनेताहरु समाजका विभिन्न तह र तप्काका व्यक्तित्व, परिवारजन आदिलाई उनको दुर्भाग्यपूर्ण अवस्थाको जिम्मेवार बनाएको छ । जुन कुरा हाम्रो समाजमा विद्यमान छ र सबैले साक्षत्कार गरेकै तितो सत्य पनि हो ।

 

तसर्थ, ति तत् तत् व्यक्ति संस्था र निकायले आ-आफ्नो तर्फबाट हुन गएको कमिकमजोरीलाई आत्म आलोचना गरि सुधारका उपायहरु अवलम्बन गर्नुपर्नेछ । नेपाल सरकारका विद्यमान प्रचलित कानुन, नीति नियमहरु उद्योग व्यावसायका लागि उपयुक्त छैनन् भने तिनिहरुको यथाशिघ्र परिमार्जन गर्नुपर्नेछ । यसको साथै समाजका अगुवाहरु, प्रवुद्धवर्ग, मनोसामाजिक विश्लेषक, अभियान्ता, शिक्षक, अभिभावक सबैले हाम्रो समाज किन र कसरी यस्तो वरवरतापूर्ण निष्ठुर र विवेकहिन बन्दै गएको छ भन्ने बारे खोज र अनुसन्धान गरी यसको कारण र समाधानका उपाय पत्ता लगाउन ढिलो गर्नु भएको छैन ।

 

प्रेम आचार्यले जसरी रिस, आवेग वा उत्तेजनामा आएर आफ्नो प्राण त्याग गरे त्यो कार्य कदापी प्रशंसनीय छैन । जिवन जिउनका लागि हो । जिवन एउटा ईश्वरीय बरदान हो । हरेक जिवात्माले सम्भव भएसम्म अन्तिम क्षणसम्म पनि बाँच्ने प्रयत्न गर्दछ । यो प्राकृतिक र शास्वत तथ्य हो । नेपालीमा गीतकार भन्छन् यहाँ बस्नेहरुले सबकुछ पाउँछन् हिड्नेहरु हराउँदछन् । हाम्रो भोगाईहरु नै जिवन हुन् । त्यसैले हरेक भोगाई चाहे सुख होस् वा चाहे दुःख त्यो नै जिवनको अभिन्न पाटो हो भन्ने सम्झनु पर्दछ ।

 

मानिसले अति महत्वकांक्षी र विचार पनि लिनु हुँदैन । आफूले स्वयम् आफैलाई चिन्न र पहिल्याउन सक्नुपर्दछ । अरुको देखासेखी, प्रतिष्पर्धा, रिस आहारिसले हामीलाई जिवनको गलत बाटो तर्फ धकेल्न सक्दछ । सरल जिवन र उच्च विचार भएका व्यक्तिहरुमा सकारात्मकता पैदा हुन्छ । जसरी एउटा जंगलमा हिंस्रक जनावर, विषालु, किटपतङ, काँडा, खोल्सा, खाल्डा ईत्यादि विद्यमान हुन्छन् । त्यसैगरी मेरा समाजमा म पनि चारैतिरबाट गलत मनोवृत्तिका मानिसले म घेरिएको छु र मैले यिनीहरुबाट बच्दै आफ्नो यात्रा पुरा गर्नुपर्नेछ भन्ने सम्झिराख्नु पर्दछ । हाम्रो समाजमा ‘म खाउँ मै लाउँ अरु सब मरुन् दुर्वलहरु’ भन्ने जनहरु यततत्र जताततै फैलिएका छन् । तसर्थ मैले यस्ता स्वार्थी, लोभीपापी, जनहरुबाट बच्नु पर्नेछ र मेरो लक्ष्य प्राप्त गर्न सिर्फ म एक्लै छु भन्ने सम्झेर अगाडि बढ्दै जानु छ भन्ने बुझ्नु पर्दछ । भनिन्छ जो एक्लै उभिन सक्छ उही नै सबैभन्दा शक्तीशाली हो । यस्तो मनोभाव लिएर आफ्नो लक्ष्य तर्फ अगाडि बढेको मानिसले कसैको आस र भरोसा गर्ने छैन । उ सकारात्मक भई आफ्नो लक्ष्य तर्फ निरन्तर अगाडि बढिरहनेछ ।

 

 

समाजमा यस्ता घटनाहरु बराबरी घटिरहे भने समाज बरबरता तर्फ लाग्छ अशम्य र जंगली बन्दछ । मानवीय मूल्य र मान्यतामा ह्रास आउँछ । यसले हाम्रो समाज र राष्ट्रको गरिमामा नराम्रो असर पार्दछ । अन्तरराष्ट्रिय जगतसम्म नकारात्मक सामाजिक सन्देस जानेछ र राष्ट्रको सम्मानमा चोट पुग्नेछ ।

 

हाम्रो समाजमा आफूलाई परिस्थितिको फाईदा उठाउँदै दानी, ज्ञानी, परोपकारी देखाउने नव बुझ्रुक र धनाड्यहरुको खाँचो छैन । यस्ता मानिसहरु स्वदेशदेखि विदेशसम्म छरिएर रहेका छन् । यहाँ दान दात्व्य, चन्दा, चिप्लो कुराले समाज बदल्न सकिन्न । समाज बदल्न त समस्याको जरोसम्म पुगेर त्यसको पहिचान र निराकरण गर्न जरुरी हुन्छ । यसका लागि राज्य, समाज र व्यक्ती स्वायमले आ-आफ्नो तर्फबाट अहम् भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हाम्रो देशको सामाजिक परिपाटी र राज्यका नीति नियममा थुप्रै कमीकमजोरी र खोटहरु छन् भन्ने सबैले बुझेकै कुरा हो । सामुहिक प्रयास मार्फत हामीले त्यस्ता खोटहरुको निराकरण र उन्मुलन गर्दै सामनता, समता, न्यायका आधारमा सबैका लागि अवसरको सिर्जना गर्दै एउटा सभ्य सुसंस्कृत, सम्वृद्ध नेपाली सेमाजको निर्माण गर्नु आजको पिडीको अपरिहार्यता भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...