साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित “वासुदा” उपन्यास लोकार्पण (वक्ताको भिडियोसहित)
वि.सं.२०७८ फागुन १० मंगलवार १९:५९
3.6K
shares
काठमाडौं: साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित “वासुदा” नामक उपन्यास राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ । आफ्नै सहोदर दाजु वासुदेव फुलाराको वास्तविक जिवनीलाई समेटेर भाई भिष्मराज फुलाराद्वारा लिखित उपन्यास “वासुदा” सार्वजनिक गरिएको हो । वासुदेव फुलारा जो संघर्षले जन्माएको मान्छे हुन् । संघर्षरत जिवनमा उनका बिगतदेखि हालसम्मको प्रेम कहानी, जिवनमा गर्नुपरेका संघर्ष र सफलता लगायत पारिवारिक जिवनका पाटालाई समेटेर भाई भीष्म फुलाराले उपन्यासमा समेटेका छन् । साहित्यकार भिष्मले यो उपन्यास भन्दा अगाडि चारवटा पुस्तक बजारमा ल्याईसकेका छन् ।
वि.सं.२०७८ फागुन १० मंगलवार १९:५९