धार्मिकस्थलको त्रिवेणी हलेसी महादेवको दर्शन ॥ HALESI MAHADEV DARSHAN ॥

वि.सं.२०७८ कात्तिक २७ शनिवार १५:१०

खोटाङ जिल्लामा रहेको धार्मिक तथा पर्यटनको लागि कहलिएको धार्मिकस्थलको त्रिवेणी हलेसी महादेव यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ ।
धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका लागि पुग्ने गरिन्छ ।
घना जंगलको बीचमा रहेको हलेसी महादेव परिसरमा हलेसी, बसाहा र भैरव गरी तीनवटा गुफा छन् ।
गुफाको एकातिर हिन्दु धर्मप्रति आस्था राख्नेहरु पुजापाठ गरिरहेको दृष्य देखिन्छ भने बौद्ध धर्मप्रति आस्था राख्नेहरु पुजापाठ गरिरहेको देख्न सकिन्छ ।
मन्दिर दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने र पदन्नोति हुन्छ भन्ने विश्वास छ ।

वि.सं.२०७८ कात्तिक २७ शनिवार १५:१०