YouTube Link

माग पूरा नभए मंसिर १ देखि कांग्रेस केन्द्रीय कार्यालयमा अनशन र धर्ना बस्ने डडेल्धुरा सभापतिको चेतावनी

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदै

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी धर्ना र अनशन बस्न बाध्य हुने चेतावनी दिएका छन् ।

 

सभापति कर्णले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग सम्बोधन नभए मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन र धर्ना बस्ने चेतावनी दिएका हुन् ।

 

उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रूपमै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय निर्वाचन समितिलाई लिखित रूपमै उजुरी गर्दा पनि त्यसको सुनुवाइ नभई सत्ता र शक्तिको दुरूपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गरे ।

 

उनले भने, ‘अवैधानिक ढंगले भएका वडा र पालिका अधिवेशन खारेज गरी नयाँ अधिवेशनको मिति तय गरी दिनका लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय कार्य समितिमा सप्रमाण उजुरी मात्रै पेस गरेनौं । जबकि ११ दिनसम्म नेपाली कांग्रेसको कार्यालय डडेल्धुरामा सिंगो पार्टी अनसन बस्यो । उक्त अनसनको कार्यक्रमलाई डडेल्धुराका हजारौं पार्टी कार्यकर्ताले र महत्वपूर्ण केन्द्रीय नेताज्यहरूको समर्थन र ऐक्यवद्धता हुँदाहुँदै हालसम्म हाम्रा माग कहीँकतै सुनुवाइ नभइसकेपछि नेपाली कांग्रेस डडेलधुराको मिति २०७८  कात्तिक २२ गतेको बैठकबाट डडेल्धुरा जिल्लाको सिंगो अभिभावकत्व दिनका लागि हार्दिक अनुरोध गर्दै सम्माननीय प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाजीलाई लिखित पत्र पठाएर आग्रह गरेका छौं । आगामी बस्ने केन्द्रीय कार्य समितिको बैठकमा हाम्रो मागलाई सम्बोधन नगरिए मिति २०७८ मंसिर १ गतेदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनसनका कार्यक्रम अगाडि बढाउने व्यहोरासमेत यसैप्रेस विज्ञप्तिमार्फत् जानकारी गराउँदछौं ।’

 

सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाइ समेत नगरेको भन्दै आपत्ति जनाए ।

 

नेपाली कांग्रेसको वडा अधिवेशन हुन नसकेका जिल्लामा शनिबार सुरू भएको छ । नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...