Rajshow Bivag

कुमारी बैंकको क्युआर कोडबाट ट्राफिकको जरिवाना शुल्क भुक्तानी गर्न सकिने

Departmant of helth services

 

काठमाडौं: ट्राफिक जरिवाना कुमारी बैंक लिमिटेडको क्युआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गरेका हुन् ।

 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताए ।

 

यो सेवाको शुरुवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरे ।

 

यसैबीच कार्यक्रमका अतिथि कुमारी बैंक लिमिटेडका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तनसँगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैंक सदैव अगाडि बढिरहने कुरामा जोड दिँदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालीको शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताए ।

 

यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्ना साथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी शीधै भुक्तानी गर्न सकिने जानकारी गराए ।

 

कार्यक्रममा समुपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट  क्युआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए ।

 

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...