YouTube Link

स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारले पाए खसीको टाउकोदेखि भुइँकटहरसम्म चुनाव चिह्न

Facebook Link

 

काठमाडौं: वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

 

उम्मेदवारीको आधारमा जिल्ला अनुसार निर्वाचन चिह्न वितरण भएको हो । करिब १ लाख ५० हजार मनोनयन दर्ता गर्ने मध्ये १२ हजार ७ सयको संख्यामा स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।

 

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि भ्यागुतो,  गुलावको फूल, भुइकटहरदेखि खसीको टाउको जस्ता निर्वाचन चिह्न वितरण गरिएको आयोगले बताएको छ ।

 

स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची छ त्यही सूची अनुसार जिल्ला निर्वाचन कार्यालय हुँदै पालिका निर्वाचन कार्यालयले उम्मेदवारलाई चिह्न वितरण गर्ने निर्वाचन आयोगले बताएको छ ।

 

आयोगले बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कङ्गारूदेखि बँदेलसम्मका जनावरको चिह्न स्वतन्त्र उम्मेदवारलाई प्रदान गरेको छ। निर्वाचन चिह्नमा काग, चील, हाँसजस्ता पन्छी देखि आँप, भुइँकटहर र केराजस्ता फलफूल तथा गुलाबको फूल पनि छन् ।

 

त्यस्तै खसीको टाउको, भ्यागुतो, लाल्टिन, मुढा, घण्टाघर ग्यास सिलिन्डर, प्रेसर कुकर, चुलेँसी र कपप्लेटजस्ता घरायसी प्रयोगमा आउने सामग्री पनि निर्वाचन चिह्नका रूपमा राखेको र तिनै चिह्नहरु वितरण गरिएको आयोगले बताएको छ ।

 

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारले भने दलकै चुनाव चिह्न पाउने छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीले देशैभरि आफ्नो निर्वाचन चिह्न पाउँछन् ।

 

राष्ट्रिय दलको मान्यता नपाएका तर गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिएका दलहरूले पनि स्थानीय तह निर्वाचनमा आफ्नै दलको निर्वाचन चिह्न पाउँछन् ।

 

उनीहरूको निर्वाचन चिह्नको क्रम गत संसदीय निर्वाचनमा पाएको समानुपातिक मतको सख्याका आधारमा तय गरिने व्यवस्था छ ।

 

गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ पनि भाग नलिएका दलहरूले पनि आफ्नो चिह्न लिएर निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

 

स्थानीय तह निर्वाचन निर्देशिकाले स्वतन्त्र उम्मेदवारहरूलाई उनीहरूले रोजेकै चिह्न प्रदान गरिने व्यवस्था गरेको छ । तर दुई वा त्यसभन्दा बढी उम्मेदवारहरूले एउटै चिह्न रोजेको अवस्थामा भने आयोगले उनीहरूको नामको सुरुको अक्षरका आधारमा प्राथमिकता तय गर्ने नियम बनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...