रामेछापमा स्थापित तामाकोशी अस्पतालको एक परिचय
वि.सं.२०७६ फागुन ३० शुक्रवार १८:१२
3.5K
sharesतामाकाशी सहकारी अस्पताल बि.सं २०४० सालमा स्थापना भएको तामाकोशी सेवा समितिको स्वास्थ्य केन्द्रको विकसित रुप हो । तामाकोशी सेवा समितिका जगदीश घिमिरे र दुर्गा घिमिरेले मन्थली र यसका आसपासका समाजसेवीहरुको मद्दतबाट सुरु गरिएको संस्था हो । यस संस्थाले सामुदायिक बिकासका कामहरु मध्ये प्रतिकारात्मक र प्रजनन स्वास्थ्य पनि एक कार्यक्रमको रुपमा सञ्चालन गरेको थियो । जसलाई बिश्वका छिमेकी अमेरिका र क्यानाडा नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोग प्राप्त थियो ।
तात्कालिन अवस्थामा मन्थलीमा कुनै स्वास्थ्य सेवा दिने संस्थाहरु नभएको अवस्थामा यस स्वास्थ्य केन्द्रको स्थापना गरिएको थियो । हालको तामाकोशी सेवा समितिको पक्की घरको निर्माण पछि बि.स २०५७ सालदेखि यो स्वास्थ्य केन्द्रलाई सानो अस्पतालको रुपमा सञ्चालन गरिन थालिएको हो । नव निर्मित भवनमा ६ बेडको शैय्या ब्यबस्था गरि अस्पतालको रुपमा सञ्चालन गर्न थालिएको हो ।
यसैबीच मन्थली बचत तथा ऋण सहकारी संस्था लि. ले यस अस्पताललाई आर्थिक संकट परेको बेला सहायता गर्न सक्षम भएको थियो । फलस्वरुप यस संस्थाले अस्पतालको संचालनलाई मुर्तरुप दिन भिडियो एक्सरे, एक्सरे, ईसिजी, ईलेक्ट्रिक कट्री, भाईटल मोनिटर, अपरेशन थियटरको निर्माण, चिकित्सक लगायत केही स्वास्थ्यकर्मीहरुको लागि आर्थिक अनुदान पनि प्रदान गर्यो । जुन करिव १३ बर्षसम्म अनवरत रहयो ।
सहकारी संस्थाका करिव १३ हजार सदस्यहरुलाई बर्षमा रु. दुई सय बराबर स्वास्थ्य सेवाका लागि रकम तिरेपछि रु तीन हजार रुपैयासम्मको सेवा शुल्क नि:शुल्क गर्ने प्रवन्ध थियो । अहिले १५ प्रतिशत सेवा शुल्क ब्यबस्था छ नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम गत सालदेखि लागु भएकोपछि हाल रामेछाप जिल्लाका स्वास्थ्य विमा कार्यक्रममा आवद्ध नागरिकहरुले सो मार्फत नि:शुल्क स्वास्थ्य सेवा लिईरहेका छन् ।
बि.सं २०६४ मा नेपाल सरकारबाट १५ शैय्याको अस्पताल संचालनका लागि स्वीकृति दियो हाल यस अस्पतालमा २५ शैय्यामा विस्तारित गरिएको छ । वर्षेनी झण्डै तीस हजार बिरामीहरुलाई अन्तरंग, आकस्मिक तथा बहिरंग सेवा प्रदान गर्दै आएको छ । मन्थली सहकारी संस्थाको सहयोगमा गत २०६४ देखि एउटा एम्वुलेन्सको समेत ब्यबस्था मिलाएको छ । बि.स २०७२ देखि जर्मन रोटरीका डा. इल्मार मायरको सहयोगमा अर्को एम्बुलेन्सको पनि ब्यबस्था गरिएको छ । नेपालमा समुदायको अधिकांश लगानीबाट समुदायबाट नै संचालित अस्पतालहरु मध्ये यो अस्पताल अग्रस्थानमा आउन सफल भएको छ ।

यस अस्पतालको मुल उदेश्य भने बिपन्न बर्गसम्म समुदायकै सहभागितामा अत्याधुनिक स्वास्थ्य सुबिधा उनीहरुले धान्न सक्ने, स्वीकार्य हुने र उनीहरुको पहुँचमा पुर्याई स्वस्थ समाजको निर्माणमा टेवा पुर्याउने रहेको छ । तामाकोशी सेवा समितिबाट बिगतमा रामेछाप जिल्लाका बिभिन्न २६ गाबिसहरुको करिव १ सय २० महिला समुहहरुमा सन्चालित प्रतिकारात्मक, प्राथमिक तथा प्रजनन स्वास्थ्य शिक्षा र सेवाको जगमा हाल यो अस्पताल अडिएको छ ।

यस अस्पतालमा शनिबार, नयाँ वर्ष र दशै तिहार बिदाका बेलामा इमर्जेन्सी सेवा मात्र, र सार्वजनिक बिदाको दिन ९ देखि १ बजेसम्म ओ.पि.डी सेवा तथा बाँकी रहेका सम्पुर्ण दिनमा ९ बजे देखि ४ बजेसम्म बहिरंग सेवा, प्राथमिक ऑखा तथा दॉत उपचार सेवा, र अन्तरंग सेवाहरु सञ्चालन हुने गर्छ । इमर्जेन्सी सेवा २४ सै घण्टा सञ्चालन हुनेछ । प्रजनन स्वास्थ्य सेवा अन्तरगत परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित सुत्केरी, पुर्ब तथा प्रसुति पश्चातका अत्यावसकिय सेवाहरु हाल सञ्चालनमा छ । यस अस्पतालमा हाल इको, इण्डोस्कोपी र टिएमटी सेवा पनि उपलब्ध छ । यसका लागि द लिटिल थिंगस युकेको सहायता प्राप्त छ । नेशनल किडनी सेन्टरको सहयोगमा २०७५ साल देखि डायलाइसिस सेवा पनि सञ्चालनमा छ । गाउँमा नै बिशेषज्ञ सेवा उपलब्ध गराउन समुदायमा र अस्पतालमा छनोट भएका बिरामीहरुका लागि शहरका अस्पतालहरुबाट बिशेषज्ञहरुको प्रबन्ध गरेर यहाँ सेवा उपलब्ध गराइन्छ । यस अस्पतालमा भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसिजी, रगत, दिसा पिसाव तथा खकार जॉच आदि सेवाहरु उपलब्ध छन् ।
बि.सं २०६४ मा नेपाल सरकारबाट १५ शैय्याको अस्पताल संचालनका लागि स्वीकृति दियो हाल यस अस्पतालमा २५ शैय्यामा विस्तारित गरिएको छ । वर्षेनी झण्डै तीस हजार बिरामीहरुलाई अन्तरंग, आकस्मिक तथा बहिरंग सेवा प्रदान गर्दै आएको छ । मन्थली सहकारी संस्थाको सहयोगमा गत २०६४ देखि एउटा एम्वुलेन्सको समेत ब्यबस्था मिलाएको छ । बि.स २०७२ देखि जर्मन रोटरीका डा. इल्मार मायरको सहयोगमा अर्को एम्बुलेन्सको पनि ब्यबस्था गरिएको छ । नेपालमा समुदायको अधिकांश लगानीबाट समुदायबाट नै संचालित अस्पतालहरु मध्ये यो अस्पताल अग्रस्थानमा आउन सफल भएको छ ।
अष्ट्रेलियन राजदुतावासको सहयोगबाट प्रयोगशालामा अत्याधुनिक मेसिन, अल्टासाउण्ड, डिजिटल एक्सरे, जेनेरेटर प्राप्त भएको छ । ती मेसिनहरुले बिरामीहरुको रोग ठीकसँग पत्ता लगाउन ठुलो मद्दत पुर्याउँदछ । नेपालका शहरका ठुला अस्पताल बाहेक जिल्ला स्तरका अस्पतालहरुमा यी मेसिनहरुको सेवा नियमित रुपमा बिरलै प्राप्त हुन्छ । त्यस्तै ईमर्जेन्सी सेवामा पनि सोही दुतावासबाट प्राप्त भाईटल मोनिटरहरुले गुणस्तरलाई बढाएको छ ।
जर्मन रोटरी भोलेन्टियर डाक्टरहरुको सहयोगमा अत्याधुनिक दाँत उपचार केन्द्रको स्थापना गरिएको छ । जर्मन रोटरी फाउण्डेशनको आर्थिक सहायतामा रोटरी क्लव अफ बेबराखका रोटरियन डेन्टिस डा. इल्मार मायरको र रोटरी क्लव अफ काभ्रे बनेपाको सक्रिय सहयोगमा यो सम्भव भएको हो । यस वर्षदेखि बिद्यालयभित्र दाँतको सेवा सुरुवात गरिएको छ । यो जर्मनका डा. जोन एडर्सन र उनको रोटरी क्लब र रोटरी क्लब अफ काभ्रे बनेपाको सहयोग प्राप्त छ । यो नेपालकै पहिलो कार्यक्रम हो । जर्मन डा. क्लेमेन्सको रोटरी क्लव र रोटरी क्लव अफ धुलिखेलको सहायताले ग्रामीण भेकमा सेवा पुर्याउनका निम्ति एउटा जीपको पिन ब्यबस्था मिलाईएको छ ।
त्यस्तै तिलगंगा आँखा अस्पतालको सहयोगमा बिगत १८ बर्षदेखि आँखाको उपचार तथा चश्माको बितरण सेवा पनि सञ्चालनमा छ । रोटरियन डेन्टिस डा. जोन एडर्सनको सहयोगमा क्यान्टिन भवनको निर्माण गरि सुचारु गरिएको छ । जर्मन रोटरी भोलेन्टियर डाक्टरको संस्थाको सहायताले १६ बर्ष मुनिका बच्चाहरुको स्कुलमा दाँत सेवा उपलब्ध गराएर नि:शुल्क उपचारको ब्यबस्था गरिएको छ । बिभिन्न स्कुलका बिद्यार्थीहरुको मुटु परिक्षण गरि रियुमेटिक भल्भुलर रोग भएकाहरुलाई बिशेषज्ञ चिकित्सक कहा जाँच गराइन्छ । हालै पोल्मोनरी हाइपरटेशन नेपालसँग यी मुटुका रोगी बच्चाहरुका लागि नि:शुल्क सेवा प्रदान गर्न सहयोग उपलब्ध गराउने सहमति भएको छ । किशोरकिशोरीहरुका प्रजनन र जीवन शिक्षा सम्वन्धी ज्ञान र धारणा थाहा पाउन सर्बेक्षण र यस सम्वन्धि शिक्षा नियमित रुपमा प्रदान गरिदै आएको छ ।
यस अस्पतालमा प्रति वर्ष नियमित रुपमा बिपन्न महिलाहरुको हितलाई ध्यानमा राखी स्त्रीरोग तथा पाठेघर झर्ने रोगको नि:शुल्क अपरेशन शिबिर, बृद्ध बृद्धाहरुका लागि ऑखामा लाग्ने मोतियाबिन्दुको नि:शुल्क अपरेशन शिविर, हाईड्रोसिल, हर्निया भ्यासेक्टोमी लगायत माईनर सर्जरीका शिविर, दॉत उपचार, मुटु, पेट लगायत बिभिन्न बिषयका स्वास्थ्य शिबिरहरु सञ्चालन भईरहेका छन् ।
जिल्ला बिकास समिति, ग्रामिण स्वास्थ्य बिकास परियोजना, तामाकोशी सेवा समिति र मन्थली बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा ४ सय ९४ पाठेघर झर्ने महिलाहरुको नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन सम्पन्न भएको छ । करिव ४ हजार स्त्री रोगीहरुलाई नि:शुल्क बिशेषज्ञ सेवा उपलब्ध गराईएको छ । १३ हजारभन्दा बढी ऑखाका रोगीहरुको जॉच तथा करिव ४ हजार मोतियाबिन्दुका रोगीहरुको लागि नि:शुल्क सफल शल्यक्रिया सम्पन्न गरेको छ ।
मुटुरोग बिशेषज्ञद्वारा ५ सयभन्दा वढी इकोसेवा, पेटरोग बिशेषज्ञद्वारा ६ सयभन्दा वढी इण्डोष्कोपी सेवा, ३ सय भन्दा बढीलाई मृगौला रोग बिशेषज्ञ सेवा, नेशनल किडनी सेन्टर नेपालको सहयोगमा १२ जनालाई नियमित डायलाइसिस सेवा, ५ सय भन्दा बढीलाई मानसिक रोगको बिशेषज्ञ सेवा, ३ सय ५० भन्दा बढीलाई प्याप स्मेयर सहित विशेषज्ञ स्त्री रोग सेवा, ६ सयभन्दा बढीलाई छालारोग बिशेषज्ञ सेवा, ३ सय भन्दा बढीलाई एक्युपचर सेवा, साथै समय समयमा सबै विषयका विशेषज्ञहरुद्वारा नियमित सेवा प्रदान गर्दै आएको छ ।
झण्डै एक हजार दाँतका रोगीहरुलाई स्वदेश तथा बिदेशका दन्त बिशेषज्ञद्वारा सेवा प्रदान गर्नुका साथै धुलिखेल अस्पतालको सहायताले अर्थोओडेन्टिक्स सेवा प्रदान गर्दै आएको छ । मधु घिमिरेको सहयोगमा बिगतमा ७ सय भन्दा बढी पेटका रोगीहरुलाई ईन्डोस्कोपी, भिडियो एक्सरे तथा ईसिजीद्वारा चेकजॉच समेतको सेवा उपलब्ध गराईएको थियो । किष्ट मेडिकल कलेजका बिशेषज्ञ चिकित्सकहरुद्वारा नाक, कान, घाँटी, हाडजोर्नी, स्त्री रोग, दाँत, माइनर सर्जरी, पेट, युरोलोजी, रेडियोलोजी आदि सेवाहरु प्रदान गरिएको छ ।

जिल्लाका बिभिन्न विकट ग्रामिण भेगहरुमा चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य शिविरहरु सञ्चालन गरिरहेका छन् । झण्डै ५० हजार बिपन्न रोगीहरुले यस सेवाबाट लाभ लिएका छन् । यस्ता शिबिरहरुमा ग्रामिण भेकमा सञ्चालित गैर सरकारी संस्थाहरु, समुदायमा आधारित संस्थाहरु, बन उपभोक्ता समितिहरु, गाबिस, जिबिस, ग्रामिण स्वास्थ्य बिकास परियोजना, रोटरी ल्कव, क्लवहरु, लायन्स क्लव, र काठमाडौंमा रहेका रामेछापका सम्पर्क समाजहरुले सहायता गरिरहेका छन् । विगतमा विश्वका छिमेकी मुलुक अमेरिका, पाथ जस्ता संस्थाहरुको सहयोगमा बिभिन्न ६० बिद्यालयहरुमा किशोर किशोरीहरुका लागि प्रजनन स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो ।
रामेछापका जनताको स्वास्थ्य स्तरलाई माथि उठाउन र वातावरणीय स्वास्थ्यको सुधारका लागि तामाकोशी सेवा समितिको सहयोगमा निर्मित करिव तीन सय धारा खानेपानीका आयोजना र झण्डै २२ हजार सुरक्षित पाईखानाले ठुलो योगदान पुर्याएको छ भने पोषण अवस्थालाई सुधार्न तामाकोशी सेवा समितिले अगुवा कृषकहरुका लागि पानी नलाग्ने बारीमा साना सिचाईको कार्यक्रमको ब्यबस्था, तरकारी खेती, प्रांगारिक मल र वीषहरुको उपयोग गर्ने प्रबिधिको तालिमहरु दिएर सहयोग पुर्याएको छ ।
रामेछापका जनताको स्वास्थ्य स्तरलाई माथि उठाउन र वातावरणीय स्वास्थ्यको सुधारका लागि तामाकोशी सेवा समितिको सहयोगमा निर्मित करिव तीन सय धारा खानेपानीका आयोजना र झण्डै २२ हजार सुरक्षित पाईखानाले ठुलो योगदान पुर्याएको छ भने पोषण अवस्थालाई सुधार्न तामाकोशी सेवा समितिले अगुवा कृषकहरुका लागि पानी नलाग्ने बारीमा साना सिचाईको कार्यक्रमको ब्यबस्था, तरकारी खेती, प्रांगारिक मल र वीषहरुको उपयोग गर्ने प्रबिधिको तालिमहरु दिएर सहयोग पुर्याएको छ ।
तामाकोशी सेवा समिति र अस्पतालका सुभेच्छुकहरुको सहयोगमा बेलाबेलामा ६ जनजाति महिला, दुई दलित महिला र अन्य ४ महिला तथा तीन जनजाति, एक दलित पुरुषलाई बिभिन्न स्वास्थ्य तथा अन्य विषयमा छात्रबृत्ति दिँदै आएको छ । झण्डै एक शय पचास अहेव, अनमी, हे. अका छात्रछात्राहरु, ५० नेपाली चिकित्सकहरु, दुई सय बिदेशी छात्रछात्राहरु, झण्डै ३० बिशेषज्ञ चिकित्सकहरु, २० बिशेषज्ञ नर्सहरु, अस्पतालको सामुदायिक तथा क्लिनिकल सेवाहरुमा संलग्न भईसकेको छ । जर्मन रोटरी स्वयंसेवक बिशेषज्ञ चिकित्सकहरु र ग्रामिण सहयोग नेपाल, बेलायतको चिकित्सकरुको टोली नियमित रुपमा यस अस्पतालमा सेवा प्रदान गर्न आईरहेका छन् ।
यसैबीच यस अस्पतालले अन्य स्थानमा पनि सहयोग गर्दै आएको छ । २०६६ पौषमा जिल्ला स्वास्थ्य कार्यालय, ओखल्ढुंगा र ग्रामिण स्वास्थ्य बिकास परियोजना, ओखलढुंगाको आयोजनामा भएको ओखलढुंगा जिल्लाका बिभिन्न स्थानमामा गरिएको स्त्री रोग शिविरमा यस अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यको नेतृत्वमा दुई हजार महिलाहरुको चेकजाँच गरियो । जसमा २ सय ८० जना महिलाहरुको पाठेघर झर्ने रोगको उपचार गर्नुपर्ने पत्ता लाग्यो । त्यसका लागि जिल्ला स्वास्थ्य कार्यालय, ओखलढुंगा, ग्रामिण स्वास्थ्य बिकास परियोजना, ओखलढुंगाको आयोजनामा बिभिन्न सामाजिक संस्थाहरुको सहयोग र यस अस्पतालको भुमिकामा ओखढुंगाको रुम्जाटारमा २०६६ चैत्र महिनामा ७० जना पाठेघर झर्ने महिलाहरुको लागि नि:शुल्क अपरेशन शिविर सम्पन्न गर्यो । त्यस्तै २०६७ मंसिर महिनामा ओखलढुंगामा सोही संस्थाहरुको आयोजनामा डा. सुमन कर्माचार्यको नेतृत्वमा त्यस जिल्लाका ४ बिभिन्न बिकट स्थानहरुमा स्त्री रोग शिविरको सञ्चालन गरि १ हजार १ सय ४० जनाको स्वास्थ्य चेकजाँच गरी उपचार गरियो । अस्पताल निकट ओखलढुंगा जिल्ला क्षेत्रका महिलाहरुका लागि अपरेशनको ब्यबस्था गर्ने क्रममा २०६७ पौषमा दुर्गा घिमिरेको समन्वयमा हेल्प लाईन नेटवर्क र नारी निकुञ्ज अष्ट्रेलिया र ग्रा.स्वा.वि.प, ओखलढुंगाको सहयोगमा पाठेघर झर्ने महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरियो ।
बिसं २०६७ मा धुलिखेल अस्पताल, मन्थली बचत तथा ऋण सहकारी संस्था र जर्मन रोटरी स्वयं सेवक चिकित्सकहरुको सहयोगमा अत्याधुनिक अपरेशन थियटर निर्माण भईसकेको छ । यस अस्पतालमा ४ जना चिकित्सक सहित २२ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । यस मध्येका ६० प्रतिशत महिला छन् भने ७५ प्रतिशत जनजाती रहेका छन् । तामाकोशी सेवा समिति भवनको करिव ३० कोठाहरुमा यो अस्पताल सञ्चालन गरिएको छ ।
अस्पतालमा नयाँ बिरामीले २५ र पुरानो बिरामीले १५ रुपैया तिर्नु पर्ने हुन्छ । समय अनुसार सेवा शुल्कहरु परिमार्जन गर्दै लगिने बताईएको छ । इमर्जेन्सीका लागि रु १ सय ५० सेवा शुल्क लाग्नेछ भने गरिव तथा असहायका लागि जगदीश घिमिरे प्रतिष्ठानबाट सहयोग प्रदान गरिन्छ । अस्पतालको २५ शैय्या मध्ये तीन वटा शैय्या असहायका लागि छुट्याईएको छ । सबै औषधीहरु औषधीको प्याकेटमा लेखिएको बजार मुल्य अनुसार बिक्री वितरण गरिन्छ ।
हरेक वर्ष कम्तीमा जिल्लाको १२ स्थानहरुमा स्वास्थ्य शिबिरहरु सञ्चालन गरिदै आएको छ । शिविरमा जनरल, आँखा, दाँत, स्त्री रोग तथा भिडियो एक्सरे सेवा उपलब्ध गराइन्छ । आर्थिक श्रोत न्युन हुनेलाई सहयोगी संस्थाहरुको खोजी गरिदै आएको छ । आउँदो पॉच वर्षभित्र यस अस्पताललाई बढीमा ५५ शैय्याको अस्पतालको रुपमा बिकास गर्दै स्टाफ नर्स र हेल्थ असिस्टेण्ट कोर्षको सुरुवात गर्ने लक्ष्य राखिएको छ ।





अस्पतालको गुणस्तरमा बृद्धि गर्ने, मानव संसाधनको बिकास तथा तालिमहरुको विकास गर्ने र भौतिक पूर्वधारहरुको निर्माण गर्ने अस्पतालले लक्ष्य राखेको छ । जिल्लाको हरेक स्थानिय स्तरमा हरेक वर्ष कम्तीमा एक पटक आधुनिक स्वास्थ्य सेवा पुर्याउने पूर्वधारहरुको निर्माण र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय, जिसस, गाउँपालिका, नगरपालिका र गैरसरकारी संस्थाहरुले अगुवाइ गरेमा प्राविधिक सहयोग पुर्याइने अस्पतालको लक्ष्य छ ।
डा. सुमन कर्माचार्य
(निर्देशक)
तामाकोशी सहकारी अस्पताल, मन्थली, रामेछाप ।
सम्पर्कः ९७४४०१६२७७, ०४८५४०३६३,
e-mail: [email protected]
वि.सं.२०७६ फागुन ३० शुक्रवार १८:१२





















