YouTube Link

लिखु खोला जलविद्युतबाट वातावरणमा गम्भीर खेलाँची

Facebook Link
vision

 

रामेछाप र सोलुखम्बु जिल्लाको सीमा भएर बग्ने लिखु खोलामा निर्माणाधिन लिखु जल विद्युत आयोजनाले त्यस भेगको वातावरणीय तथा सामाजिक जोखिमलाई बढाएको छ । रामेछापको उमाकुण्ड र सोलुखम्बुको लिखुपिके गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासिन्दाको भनाईमा आयोजनाले स्थानीयबासिन्दाको मानवस्वास्थ्यमा गम्भीर हानी पुर्याएको, जैविक विविधतामा ह्रास ल्याएको, जलचरको विनास भएको, पानीका स्रोतहरु सुकेको र उपलव्ध खानेपानी समेत प्रदुषित भएको छ । तथापि सो जलविद्युत आयोजना निर्माण गरिरहेको एमडी दुगड ग्रुपका अधिकारीहरुले भने वातावरणीय विनासलाई न्युनिकरण गर्ने प्रयास भइरहेको दावी गरेको छ ।

 

बन्यजन्तु विस्थापित

 

एमभी दुगड ग्रुपले पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइड्रोपावर एशोसिएट्स प्रा.लि. र नुम्बुर हिमालय हाइड्रोपावर प्रा.लि. नामको तीनवटा सहायक कम्पनी मार्फत १५७ मेघावाटको तीन फरक जलविद्युत आयोजना लिखु खोलामा निर्माण गरिरहेको छ । तर ती तिनैवटा जलविद्युत आयोजनाले वातावरण प्रभाव मूल्याँकनले औंल्याएका सुझाव कार्यन्वयन नगरेको तथा स्थानीय तह र स्थानीय सरकोकारवालासंग गरेको सहमति तथा सम्झौता समेत कार्यन्वयन नगरी आयोजना निर्माण कार्य गरिरहेको स्थानीयको आरोप छ ।

 

स्थानीयले मात्र नभएर वातावरण संरक्षणका क्षेत्रमा क्रियाशिल अगुवाहरुले पनि जल विद्युत आयोजनाबाट बन तथा वातावरणमा क्षतिपुर्ती नै नहुने गरी विनाश भएकोमा चिन्ता व्यक्त गरेका छन् ।  गोरीशंकर संरक्षण क्षेत्रमा कार्यरत हाकीम बस्नेतले जलविद्युत आयोजनाका कारण रामेछाप र सोलुका संरक्षण क्षेत्रमा रहेका बन्यजन्तु विस्थापित भएको, जैविक विविधताका सहयोगी जीवहरु मासिएको तथा संरक्षित जलचरहरु लोप भएको आरोप लगाउनु भएको छ ।

 

‘लिखु क्षेत्रमा प्रसस्तै बन्यजन्तुहरु थिए । यो जल विद्युत निमौण सुरु भए पछि दिनुहँ अनियन्त्रित व्लास्टिन पड्केको आवाजले बन्यजन्तु यस क्षेत्रबाट स्थानान्तरण भएका छन् ।’

 

‘लिखु क्षेत्रमा प्रसस्तै बन्यजन्तुहरु थिए । यो जल विद्युत निमौण सुरु भए पछि दिनुहँ अनियन्त्रित व्लास्टिन पड्केको आवाजले बन्यजन्तु यस क्षेत्रबाट स्थानान्तरण भएका छन् ।’ संरक्षण क्षेत्रसंग सम्बन्धित बस्नेतले भन्नु भयो– ‘यहा उपलव्ध हुने लोपोन्मूख हिँउँ चितुवा, कस्तुरीमृग, हाब्रे, व्वासो, ध्वाँसे चितुवा, सालक, चरी बाघलगायतका बन्यजन्तु रामेछापको क्षेत्रमा पाउन छोडिएको छ । त्यसै गरी संरक्षित चराहरु डाँफे मुनाल पनि नदेखेको धेरै भई सक्यो ।’

 

यसरी संरक्षित क्षेत्रबाट नै बन्यजन्तु विस्थापित हुनु गम्भिर बिषय हो । त्यति मात्र नभएर लिखु खोलामा अत्याधिक रसायनको प्रयोगबाट जलचर जीवको अस्तित्व समाप्त भएको स्थानीय उमाकुण्ड गाउँपालिका वडानम्बर २ की वडा सदस्य इश्वरी कार्काीको आरोप छ ।  यो खोलाको तीतेमाछा यस अघि एकलाख ३० हजारमा ठेक्का लाग्ने गरेको थियो । दुईबर्ष यता औषधिका रुपमा खोज्दा पनि तीते माछा पाउन छोडिएको कार्कीको भनाई छ । तीते माछा लगायतका जलचरहरु पूर्ण रुपमा लोप भएको र त्यसको विकल्पका बारे आयोजनाले हालसम्म कुनै उपाय नगरेको भनाई उहाँको थियो ।

 

घाँस पनि पखालेर दिनुपर्छ

 

सबै भन्दा बढी त आयोजना आसपासमा कृषि तथा पशुपालन गरेर बस्ने किसानलाई मर्का परेको छ । स्थानीय कृषक नरेन्द्र बस्नेतको अनुभवमा जल विद्युत परियोजनाको निर्माण कार्यका कारण अत्याधिक वायु प्रदुषण बढेको छ । धुलोले स्थानीयको दैनिक जनजीवनमा कठिनाई आएको छ ।

 

‘गाई भैसी तथा बाख्रालाई दिने घाँस पानीले पखालेर दिनुपर्छ । घर पालुवा पशुहरु जंगलबाट ल्याएको घाँस त्यसै खाँदैनन् । सबै माटो नै माटो हुन्छ ।’

 

‘गाई भैसी तथा बाख्रालाई दिने घाँस पानीले पखालेर दिनुपर्छ । घर पालुवा पशुहरु जंगलबाट ल्याएको घाँस त्यसै खाँदैनन् । सबै माटो नै माटो हुन्छ ।’ स्थानीय किसान बस्नेतले भने –‘हामीले खाने खानेकुरा खानै नसक्ने अवस्थामा हुन्छ । सुत्ने ओछ्यान हामी भन्दा अगाडि घुलो आएर राज गरिरहेको हुन्छ । अव यस क्षेत्रमा जिविका मात्र होइन, सामन्य रुपमा बसी खान सक्ने अवस्था छैन । हामीलाई बसाई हिड्न बाध्य बनाउँदै छ , हाइड्रो ।’

 

भीरमौरी कता गए

 

लिखु नदी आसपासका बन तथा भीर पहरामा भीरमौरी प्रसस्त पाइनेमा अहिले पाइन छाडेको स्थानीय चुलेभीर सामुदायिक बन उपभोक्ता महासंघका कोषाध्यक्ष केदारकुमार कार्कीको आरोप छ । चुलेभीर सामुदायिक बन तथा लिखु आसपासका पहरा, बन तथा जंगलको विशेषता भीर मौरी थियो । अहिले भीरमौरी पाइन छाडेको छ ।

 

अन्नबालीको उत्पादनसंग पनि भीरमौरीको प्रत्यक्ष र अप्रत्यक्ष योगदान जोडिन्छ । तर लिखु नदी किनारमा भीरमौरी सुन्यको अवस्थामा छ ।

 

भीरमौरी बनजंगलको सोभा तथा जैविक उत्पादनको सेतु हो । भीरमौरी जैविक विविधताका लागि नभइ नहुने जीव हो । बनमा फुल्ने फूल, रुख बिरुवा तथा अनेक प्रकारका बनस्पतिहरु बीच पराग सेवा भीरमौरीले दिन्छ । अन्नबालीको उत्पादनसंग पनि भीरमौरीको प्रत्यक्ष र अप्रत्यक्ष योगदान जोडिन्छ । तर लिखु नदी किनारमा भीरमौरी सुन्यको अवस्थामा छ । यो सबै यहाँको बढ्दो वायु प्रदुषणका कारण हो ।

 

घाट हरायो

 

यहाको हरियाली तथा जैविक विविधता संरक्षणका लागि स्थानीय चुलेभीर बन उपभोक्ता महासंघसंग लिखु जल विद्युत आयोजनाले १३ बुँदे संझौता गरेकोमा कुनै पनि कार्यन्वयन नगरेको महासंघका अध्यक्ष उमेश बस्नेतले जानकारी दिन एको छ ।  महासंघले बन तथा वातावरणको संरक्षण तथा जलचर तथा बन्यजन्तु संरक्षणका लागि आयोजनाको नेतृत्वसंग पटक पटक आग्रह गरिरहँदा कुनै सुनुवाई नगरेको उहाँको आरोप थियो ।

 

आयोजनाले स्थानीय संस्कृति अनुसार घाट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । अहिले घाट हुने ठाउँमा ड्याम छ कि पानी विनाको बगर छ । खानेपानी सहितको धारा भनेको थियो । तर अहिले पानीको धारा होइन, सुरुङका कारण भएका पानीका स्रोत पनि सुकेका छन् । आयोजना जाने सडक त खनिएको छ । तर जनताले  सडकबाट दुर्दशा खेपी रहेका छन् ।

 

लिखु खोला जल विद्युत आयोजना निजी क्षेत्रबाट बन्न लागेको आयोजना हो । राष्ट्रिय अर्थतन्त्रमा यसको महत्व हुँदा हुँदै स्थानीय स्तरमा परेको वातावरणीय तथा सामाजिक प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । क्षति न्युनिकरण गर्ने उपाय अवलम्बन गर्न सकिने संभावना हुँदा हुँदै पनि यसतर्फ परियोजनाले ध्यान नदिनु पक्कै पनि सकारात्मक सूचक मान्न सकिन्न ।

 

सोलुखम्बु लिपुलेक वडानम्बर ४ का वडा अध्यक्ष हिक्मत बस्नेत आयोजनाले बन उपोभोक्ता महासंघ, स्थानीय तह, स्थानीय जनतासंग गरेको सम्झौता तथा प्रतिबद्धता कार्यन्वयन नगरेको बताउनु भयो । वातावरणीय प्रभाव मूल्याँकन प्रतिबेदन जनताका सामु आएको छैन । स्थानीय तहका साना योजनामा समेत होर्डिङ बोर्ड राखेर सूचना दिने गरेकोमा यति ठूलो परियोजनाले  सबै सूचना लुकाएर कानूनको उल्लघन गरेको आरोप लगाउनु भयो ।

 

लिखु नदीबाट लगातार गिट्टी बालुवाको प्रयोग भइरहेको छ । तर त्यसको राजस्व समेत स्थानीय तहमा नबुझाएको बताउँदै उहाँले परियोजनाले ध्वनी प्रदुषण, वायु प्रदुषण, बन जंगलको विनाश, बन्यजन्तुलाई खेदेको तथा स्थानीय जनतासंग कुनै सहमति नगरेर हेपाहा व्यबहार गरेको आरोप लगाउनु भयो ।

 

उहाँले नदीको पकृतिक बाटो परिवर्तन गरेको र यसबाट आसपासका बस्तीहरु असुरक्षित बनेको पनि आरोप लगाउनु भयो । यसबाट वातावरणीय जोखिम बडेको, जनताको जिविकोपार्जनमा  असर पारेको एबम् जलवायूजन्य विपद्लाई निम्त्याएको पनि बताउनु भयो ।

 

तर लिखु जलसवद्युत आयोजनाका जन सम्पर्क अधिकृत रोकट बस्नेतले परियोजनाको वातावरण प्रभाव मूल्याँकन प्रतिबेदन (इआए)ले आँल्याएका वातावरणसंग सम्बन्धित सिफरिसलाई कार्यन्वयन गरेको दावी गर्नू भएको छ । परियोजना स्वीकृत हुँदा नेपाल सरकारका नीति तथा कानूनको पालना गर्नू पर्ने बिषयलाई परियोजनाले ध्यान दिएको उहाँको भनाई थियो ।

 

लिखु खोला जल विद्युत आयोजना निजी क्षेत्रबाट बन्न लागेको आयोजना हो । राष्ट्रिय अर्थतन्त्रमा यसको महत्व हुँदा हुँदै स्थानीय स्तरमा परेको वातावरणीय तथा सामाजिक प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । क्षति न्युनिकरण गर्ने उपाय अवलम्बन गर्न सकिने संभावना हुँदा हुँदै पनि यसतर्फ परियोजनाले ध्यान नदिनु पक्कै पनि सकारात्मक सूचक मान्न सकिन्न ।

– इन्डिजिनियस फिचर सेवा

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...