पछिल्लो २४ घण्टामा ३५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
वि.सं.२०७८ माघ १६ आइतवार १७:५६
2K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ९ सय १० पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जनामा र ३ हजार २ सय ३५ एन्टिजेन परीक्षण गर्दा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९ सय ९९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो ४ दिनमा थप ३२ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७८ माघ १६ आइतवार १७:५६




















