Texas College
YouTube Link

मानसिक समस्याका बारेमा खुलेर कुरा गरौं

Facebook Link
vision

के हो मनोरोग ?

मनोरोग भनेको मनको रोग हो । यदि कसैलाई कुनै कुराले धेरै तनाव दिन्छ र त्यो तनाव दुई साता भन्दा बढि रहन्छ र त्यसले दैनिकीमा समेत असर पुर्याउँछ भने त्यो मानसिक समस्या अर्थात डिप्रेसन हो । समान्यत तनाव सबैलाई हुन्छ तर त्यो तनाव लामो समय सम्म रहनु तथा बढ्दै जादाँ निराशापन छाउन्न थाल्दछ भने सम्झनु होस् त्यो डिप्रेसन अर्थात मनोरोग हो । मन दुःखी, उदास भयो भने केही समयमा सामान्य अवस्थामा फर्किहाल्छ । तर मन सामान्य रुपमा फर्किएन अनि दुई हप्तासम्म उदासी कायम रह्यो र अरु लक्ष्यण पनि देखिए भने त्यो डिप्रेसन भएको हुन सक्छ ।

मानसिक समस्या फरक फरक मानिसकलाई फरक फरक कारणबाट हुन सक्छ । आर्थिक, समाजिक, राजनैतिक, आफन्तको देहवास लगाएतका कारणबाट डिप्रेसन हुन सक्छन् । साथै हालै विश्वभर देखा परेको कोरोना संक्रमणका कारण पनि डिप्रेसनका रोगी बढ्न थालेको विभिन्न तथ्यांकहरुले देखाउछ । कोरोना भाइसर फैलन नदिन विश्वका अधिकांस देशले लकडाउन गरेसंगै उद्योगधन्दा, कलकारखारना, कार्यलय, होटल व्यवसाय, शैक्षिक संस्था लगाएत बन्द रहदाँ समग्र विश्वको अर्थतन्त्रमा समेत नकारात्मक असर परेका छ । जसका कारण कोरोना संक्रमणको त्राससंगै अर्थतन्त्रमा परेको असर, बेरोज्गारी लगाएतका विभिन्न समस्याका कारण मानिसमा मानसिक समस्या उत्पन्न भएका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययनहरुले देखाउँछ ।

मानसिक समस्याको अवस्था

मानसिक रोगीलाई हाम्रो समाजमा हेर्ने दृष्टिकोण सकारात्म भन्दा बढि नकारात्मक रहेको पाइन्छ । मानसिक रोग भन्ने वित्तिकै आम मानिसको सोचाइमा पागलपन भन्ने धारणा धेरै पाइन्छ । जसका कारण यदि कसैलाई मानसिक समस्या भएको खण्डमा कसैसंग खुलेर कुरा गर्न सक्ने अवस्था अझै छैन । जसका कारण माससिक समस्यामा भएका व्यतिm थप पिडामा बस्नु पर्ने बाध्यता छ । कसैलाई मानसिक समस्या छ भने त्यो पागलपनको मात्र समस्या होइन । यो त विभिन्न रसायनको गडबडीले गर्दा मष्तिस्कमा आउने एक समस्या हो ।

विश्व स्वास्थ्य संगठन डब्लु एचओका अनुसार विश्वमा करिब २६ करोड ४० लाख भन्दा बढि मानिस कुनै न कुनै मानसिक समस्याबाट ग्रसीत छन् । मानशीक समस्याकै कारण विश्वमा झन्डै ८ लाख व्यक्तिले आत्महत्या गरेको डब्लुएचओका तथ्यांकमा उलेख्छ । डब्लु एचओका अनुसार अफ्रिकी क्षेत्रमा २५.९१ प्रतिशत पूर्वीय भूमध्य क्षेत्रमा ३१.३६ प्रतिशत युरोपियन क्षेत्रमा ३६.१७ प्रतिशत तथा अमेरिकन क्षेत्रमा ५७.२२ प्रतिशत मानसिक समस्या रहेको छ । त्यस्तै दक्षिण पूर्व एशियामा ६०.५ प्रतिशत र पश्चिम प्रशान्त क्षेत्रमा ५४.०८ प्रतिशत मानशिक समया देखिएको छ । विश्वभर मानसिक समस्या पुरुषको तुलनमा महिलामा बढि देखिन्छ । जसमा अमेरिकामा पुरुषको तुलनमा महिलामा बढी मानसिक समस्या धेरै देखिन्छ ।

नेपालमा प्रत्येक ४ जनामध्ये १ जनामा मानसिक समस्या रहेको विभिन्न अध्ययनले देखाएको छ । त्यस्तै प्रत्येक ५ जना बालबालिका तथा किशोरकिशोरीहरु मध्ये १ जनामा मानसिक समस्या छ । त्यस्तै आत्महत्या गर्ने महिलाहरुमध्ये प्रजननसँग सम्बन्धित १२ प्रतिशत रहेका छन् भने १६ प्रतिशत मानसिक समस्या रहेको विभिन्न अध्ययनहरुले देखाउँछ ।

कोरोना भाइरससंगै मानसिक समस्या र आत्महत्या

विश्वका १९५ देशका दुई लाख ८० हजार भन्दा बढीमा देखिएको कोरोनाका कारण मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । कोरोना संक्रमणका विश्वभर नै मानसिक समस्या अझै बढेर जाने समेत विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) ले बताएको छ ।

नेपालको आर्थिक वर्ष ०७५/०७६ मा पाँच हजार सात सय ५४ वटा आत्महत्याका घटना भएको प्रहरीको तथ्यांक छ । त्यस्तै चालु आर्थिक वर्षका सुरुवाती दिनमा आत्महत्याका घटना औसत भए पनि कोरोना महामारीपछिको लकडाउनका बेलामा यो संख्या ह्वात्तै बढेको छ । गत वर्ष अथवा लकडाउन हुनुपूर्वको अवधिमा ३ हजार ५ सय २४ जनाले आत्महत्या गरेको पाइएको छ भने लकडाउनको अवधिमा मात्रै १५ सय भन्दा बढीले आत्महत्या गरिसकेका छन् । यसले सामान्य अवस्थामा भन्दा लकडाउन अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखाउँछ ।

कोभिड–१९ का कारण नेपालमा लकडाउनको पहिलो महिना ४ सय ८७ जनाले आत्महत्या गरेका थिए । जुन अघिल्लो महिनाको तुलनामा २० प्रतिशतले बढी हो । लकडाउनको ७४ दिनको यो अवधिसम्म करिब १ हजार २ सय २७ जनाले आत्महत्या गरेका थिए । अर्थात प्रतिदिन औसत १६.५ जनाले आत्महत्या गरिरहेको तथ्यांक छ । आत्महत्याको दर नेपालमा मात्र नभएर विश्वभर अझै बढ्ने क्रममा देखिन्छ ।

आत्महत्याका घटनामा वृद्धि कोरोना महामारीको सन्त्रास तथा कुनै न कुनै रूपमा लकडाउनसँग जोडिएको छ । यदि कसैलाई कोरोना संक्रमण लागेमा समाजले हेर्ने दुष्टिकोणका कारण पनि कतिपय व्यतिmलाई संक्रमणसंगै मानसिक तनाव उत्पन्न हुने र मानसिक समस्याका कारण आत्महत्याको संख्या बढेको विभिन्न अध्ययनहरुले देखाउँछ । साथै क्वारेन्टीनमा बस्दाको समयमा उत्पन्न तनावका कारण समते कतिपयले क्वारेन्टीनमा नै आत्महत्या गरेका घटना समेत बाहिर आएका छन् ।

मानसिक तनावमा भएमा के हुन्छ ?

मानसिक तनावका कारण मानिसलाई थुप्रै किसीमका समस्याहरु देखापर्न सक्छ । डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, त्यस्तै गरेर अनिन्द्राको समस्या देखापर्न सक्दछ । त्यस्तै दिक्क लाग्ने नरमाइलो लाग्ने, निराश हुने, छटपटी हुने, अत्यास लाग्ने ढुकढुकी बढ्ने हुन्छ भने कतिपय अवस्थामा मान्छेलाई मुटुकै समस्या भयो कि मलाई भन्ने पनि हुन्छ । साथै हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता दुखे जस्तो कहिले उता दुखेजस्तो लाग्न डर लाग्ने, पेट पोलेको जस्तो हुने समेत हुन्छ भने कतिपयलाई तनावका कारणले ग्याष्ट्रिकको समस्या समेत उत्पन्न हुन्छ ।

मानसिक रोगीलाई घर परिवार र समानजमा हेर्ने दृष्टिकोण तथा परिवार समाजको दायित्व

मानसिक रोगीलाई हाम्रो समाजमा हेर्ने दृष्टिकोण सकारात्म भन्दा बढि नकारात्मक रहेको पाइन्छ । मानसिक रोग भन्ने वित्तिकै आम मानिसको सोचाइमा पागलपन भन्ने धारणा धेरै पाइन्छ । जसका कारण यदि कसैलाई मानसिक समस्या भएको खण्डमा कसैसंग खुलेर कुरा गर्न सक्ने अवस्था अझै छैन । जसका कारण माससिक समस्यामा भएका व्यतिm थप पिडामा बस्नु पर्ने बाध्यता छ । कसैलाई मानसिक समस्या छ भने त्यो पागलपनको मात्र समस्या होइन । यो त विभिन्न रसायनको गडबडीले गर्दा मष्तिस्कमा आउने एक समस्या हो । सरुवाती अवस्थामै मानसिक समस्याका बारेमा कुराकानी गरेर विना औषधी यो समस्या समाधान गर्न सकिन्छ । तर यो समस्या लुकाएर अझै बढ्दै गएको अवस्थामा भने यसले ठूला ठूला दुर्घटना समेत निम्तीन सक्छ । त्यसैले घर परिवार तथा समाजमाले मानसिक रोगीलाई हेर्ने दृष्टिकोणमा परिर्वनका गर्नुका साथै आफ्नो समस्या बारे खुलेर कुराकानी गर्ने वातावरण सृजना गर्न परिवार तथा समाज अहम भूमिका खेल्नु पर्ने देखिन्छ ।

मानसिक समस्या न लुकाउ, बरु खुलेर कुरा गरौ

घर परिवार तथा समाजमा मानसिक रोगलाई हेर्ने नकारात्म दृष्टिकोणका कारण यो समस्यालाई लुकाउने तथा दबाएर राख्ने चलन छ । तर आफुलाई मानसिक समस्या छ भने त्यसलाई लुकाउनु तथा दबार राख्ने भन्दा पनि आफुलाई सहज हुने व्यतिmसंग आफुलाई परेको सस्याका बारेमा खुलेर कुराकानी गर्नु पर्ने पर्छ । यदि आफन्त साथीभाई संग खुलेर कुराकानी गर्न नसकेको अवस्थामा मनोचिकित्सकसंग गएर आफ्ना समस्याका बारेमा छलफल गर्न सकिन्छ । यसो गर्दा धेरै हद् सम्म मानसिक समस्याका कारण उत्पन्न हुने दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने मनोचिकित्सकहरु समेत बताउँछन् ।

डिप्रेसनको अवस्थामा मनमा एउटै कुरा घुमाइरहनु हुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा मस्तिष्कमा समेत असर पुग्दछ । त्यसैले अनावश्यक कुरामा मनमा आएमा आफुलाई मनपर्ने क्रियाकलापमा आफुलाई व्यक्त राख्नु पर्दछ । कति पयलाई तनावका कारण निन्द्रा नलाग्ने समस्या समेत हुन सक्छ जसका लागि नियमित व्ययाम, स्वस्थ्यकर खाना, तथा सकारात्मक सोचलाई ल्याउन जरुरी छ ।

र याे पनि पढ्नुहाेस्: बालबालिका लागि पोषणयुक्त आहारको भूमिका

र याे पनि पढ्नुहाेस्: स्तनपान गराउँदा सौन्दर्यमा ह्रास होइन, स्तन क्यासर, स्वास्थ्य समस्यालाई कम गर्दछ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

सुरक्षा संयन्त्रमाथि हचुवाको भरमा अस्वभाविक प्रतिशोध

सुरक्षा संयन्त्रमाथि हचुवाको भरमा अस्वभाविक प्रतिशोध

वि.सं.२०८२ चैत १३ शुक्रवार १४:११

भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शन र क्षतिबारे...

इजरायलको पक्षमा उभिनै पर्ने अमेरिकी बाध्यताका कसीहरू

इजरायलको पक्षमा उभिनै पर्ने अमेरिकी बाध्यताका कसीहरू

वि.सं.२०८२ चैत २ सोमवार १६:४८

  सन् १९४८ मा तत्कालिन प्यालेस्टाइनी भूमिमा इजरायलको स्थापनादेखि अमेरिका...

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

वि.सं.२०८२ फागुन ४ सोमवार १२:४०

  वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका अनेकौं...