YouTube Link

भूमि फिर्ता गराउन सबै राजनीति दल एक ढिक्का

Facebook Link
vision

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भारत अतिक्रमित ३ सय ७२ वर्ग किलोमिटर भू-भाग आफ्नो सरहदभित्र पारी जेठ ५ गते राजनीतिक प्रशासनिक नयाँ नक्सा जारी गरेपछि सरकार अब आफ्नो अखण्डभूमि फिर्ता लिन र कालापानीमा बसेको भारतीय सेना हटाउन निरन्तर सक्रिय रहने विश्वास बढेको छ ।

दशकौंदेखि नेपालभित्र भारतबाट भैरहेको सीमा अतिक्रमण र कालापानीमा भारतीय सैनिकको उपस्थितिलाई लिएर चर्को आवाज उठ्दैआएको भएपनि यसले वास्तविक निकासको बाटो समातेको थिएन । नेपालको नक्सामा अतिक्रमित भूमि समेट्नेसम्मको साहसको समेत कमी देखिएको थियो ।

सन् १८१६ को सुगौली सन्धि र त्यसपछि जारी भएका नक्सा, लिम्पियाधुरा पूर्वको जमिनको तिरोभरो, २०१५ सालको चुनावको मतदाता नामावली, २०१८ सालको जनगणनामा सो क्षेत्रको सहभागिता र नदी विज्ञानका आधारमा महाकाली नदीको मुहान निर्धारण जस्ता अकाट्य प्रमाणले यो नेपालको निर्विवाद भूमि हो । सरकारले जवाफदेहिताबोधका साथ भारत अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेपछि सम्पूर्ण देशभक्त नेपालीहरू एकजुट भएर त्यसको स्वागत गरेका छन् भने अब अविलम्ब राजनीतिक–कुटनीतिक पहल गरी सो भूभागमा सार्वभौमिक उपस्थिति देखाउन र भारतीय फौज हटाउन सरकारलाई बल दिइरहेका छन् ।

 

नेपाललाई आफ्नो अखण्डभूमिको पक्षमा बोल्न कसैको उक्साहटको आवश्यकता छैन । भारतले आफ्नो सेना प्रमुखलाई समेत उत्तेजक भाषा बोल्न लगाएर र हल्लाखोर प्रकृतिका केही सञ्चार माध्यमहरूलाई उपयोग गरेर नेपाललाई अपमानित गर्ने जुन अनपेक्षित व्यवहार गरेको छ त्यो तत्काल बन्द गर्नुपर्दछ । नेपालले कुटनीतिक संवादमार्फत नै उत्पन्न समस्याको निदान खोजेको छ ।

भारतले द्विपक्षीय सम्बन्धको संवेदनशीलतालाई आत्मसात गरी मैत्रीपूर्ण ढंगले सीमा समस्याको निराकरण गर्न चासो नदेखाई हेपाहा–मिचाहा नीति र व्यवहार देखाउँदै परोक्ष रूपमा सैन्यशक्तिको तुजुकसमेत देखाउन खोजेको प्रतीत भए पनि नेपालले संयम र विवेक अपनाइरहेको छ । भारतले कोरोना महाब्याधीले आक्रान्त पारेको मौकाछोपी लिपुलेकमा नेपालभूमि अतिक्रमण गरी सडक निर्माण जारी राखेको र निर्माण कार्यकै बीचमा उदघाटन गरेको सन्दर्भले दुवै देशको माहोल तातेको छ । नेपालले संविधानमा भएको प्रतीक चिन्हमा नेपालको नयाँ नक्सा समेटिने गरी संविधान संशोधन गर्न संसदमा प्रस्ताव दर्ता गरिसकेको र आज बस्ने संसदको बैठकमा फास्ट ट्रयाकबाट अगाडि बढाएर अविलम्ब पारित गर्ने भएको छ ।

भारतले नेपालका राजनीतिक शक्तिहरूबीच खेलेर नेपालको हकहित विरुद्ध अनेक षडयन्त्रात्मक खेल खेल्दैआएको भए पनि राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षाका निम्ति सम्पूर्ण देशभक्त नेपालीहरू एकजुट भएको स्थितिले भारतको षडयन्त्रकारी नकाब उदाङ्ग भएको छ । नेपालको स्वाभिमानलाई लाञ्छित गर्दै अरू कसैको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको सम्मको बेतुकको अमर्यादित शैलीमा भारत उत्रिएको देख्दा अतिक्रमित भूमिमा स्वामित्व स्थापित गर्न राष्ट्रिय अन्तर्रा्ष्ट्रिय रूपमा नै नेपालले ठूलो कसरत गरिरहनुपर्ने अवस्था सिर्जित भएको छ ।

नेपाल र भारत समान सार्वभौमिक हैसियत राख्ने मुलुक हुन् । भौगोलिक र जानसांख्यिक दृष्टिले कुनै मुलुक सानो ठूलो हुनसक्छ तर सार्वभौमिकता र स्वतन्त्रता ठूलो सानो हुँदैन । नेपाल र भारतबीच उत्पन्न भएको सीमा विवाद नेपालले सीर्जना गरेको नभै भारतले नै सिर्जना गर्दैआएको समस्या हो । लिम्पियाधुरा, लिपुलेक, कालापानीमा मात्रै होइन सुस्तादेखि लिएर देशका विभिन्न भागका ७१ ठाउँमा भारतले सीमा अतिक्रमण गरी नेपालको ६०६ वर्ग किलोमिटर भूभाग हडपेको जगजाहेर नै छ । तथ्यमा प्रवेश गरेर सीमा समस्याको स्थायी निराकरण गर्न नेपालले वारम्वार चासो देखाए पनि सुनेको नसुनेकै गर्ने र अतिक्रमणकारी गतिविधि जारी नै राख्ने भारतको अनपेक्षित व्यवहार नै समस्याको मूल कारण हो । नेपाल कहिल्यै विदेशीको गुलाम नबनेको सदा सार्वभौम सम्पन्न स्वतन्त्र मुलुक हो ।

नेपाललाई आफ्नो अखण्डभूमिको पक्षमा बोल्न कसैको उक्साहटको आवश्यकता छैन । भारतले आफ्नो सेना प्रमुखलाई समेत उत्तेजक भाषा बोल्न लगाएर र हल्लाखोर प्रकृतिका केही सञ्चार माध्यमहरूलाई उपयोग गरेर नेपाललाई अपमानित गर्ने जुन अनपेक्षित व्यवहार गरेको छ त्यो तत्काल बन्द गर्नुपर्दछ । नेपालले कुटनीतिक संवादमार्फत नै उत्पन्न समस्याको निदान खोजेको छ । सरकारले जेठ १५ गते बिहिवार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७।०७८को वार्षिक बजेट प्रस्तुत गर्दैछ । कोरोना भाइरसको विश्वव्यापी प्रकोपको कारण नेपालको आन्तरिक अर्थतन्त्रमा परिरहेको नकारात्मक असरका कारण देशले निकट भविष्यमै कस्तो आर्थिक सङ्कट झेल्नुपर्ने हो पूर्वानुमान गर्नसमेत कठीन छ ।

नेपालले जुन जुन समयमा आन्तरिक सङ्कट झेलिरहेको हुन्छ त्यही त्यही मौका पारेर भारतले अनेक बखडा झिकेर दपेट्ने गरेको तीतो यथार्थ विगतदेखि वर्तमानसम्मको हाम्रो नियति हो । कोरोना कहरकै सन्दर्भ कोट्याउने हो भने भारतबाट नेपाल प्रवेश गरेकाहरूबाटै संक्रमण फैलिइरहेको प्रष्टै देखिन्छ । भारतमा लाखौं नेपालीले रोजगारी पाइरहेको एकोहोरो राप अलापिने गरे पनि यथार्थमा भारतमा नेपालीले भन्दा नेपालमा भारतीयले बढी रोजगारी पाएको बिप्रेषण प्रवाहको आँकडाले पुष्टि गरेको छ ।

गत वर्ष भारतबाट १ सय २८ अर्ब नेपाल भित्रिएकोमा नेपालबाट भारतमा ३ सय ६३ अर्ब रेमिटेन्स गएको तथ्याङ्क छ । हल्लाबोल शैलीको भारतीय मिडियाले नेपालमा चीनको प्रभाव विस्तारको जति नै हल्ला मच्चाए पनि नेपालको वैदेशिक व्यापारमा चीनको हिस्सा १२–१३ प्रतिशतमा सीमित रहेको र भारतको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको खुलाशा नै छ । नेपालको हरेक क्षेत्र भारतीय घुसपैठियाको प्रभावले ग्रस्त छ । हुँदा हुँदा मन्त्रिपरिषदको बैठकको निर्णयसमेत तत्कालै भारतीय राजदूतावासमा पुग्नेगरेको र मन्त्रीहरू मध्येबाटै सूचना चुहुने गरेको आशङ्का प्रधानमन्त्री केपी शर्मा ओलीले हालैमात्र प्रकट गर्नुभएको वास्तविकता उजागर छ ।

नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा भारतीय हस्तक्षेपलाई निम्याउने विगतका असङ्गत खेलको मारमा नेपाल पर्दैआएको छ । नेपाली जनतामा चेतनाको स्तरवृद्धि र परिवर्तित विश्व सन्दर्भले नेपालप्रतिको भारतको हैकमवादी नीति र व्यवहारको असान्दर्भिकता बोध गराइरहेको तथ्यलाई भारतीय शासकहरूले आत्मसात नगर्दाका प्रतिकूल परिणामहरू द्विपक्षीय सम्बन्धका हरेक पक्षमा देखिँदै गएका छन् । भारत निर्भरताको जालो नतोडिएसम्म नेपालले कोल्टेफेर्न सक्दैन । पर्सी संसदमा पेश हुने बजेटले मुलुकलाई आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न कस्तो मार्गचित्र ल्याउँछ भन्नेतिर जागरूक वर्गको चासो बढिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...