रुपन्देहीको तिलोत्तमा नगरपालिकस्थित कान्छी बजार नजिक मैनहवामा पाँच जनाको हत्या, एक जना पक्राउ
वि.सं.२०७७ जेठ २७ मंगलवार ०७:५८
1.8K
shares
रुपन्देहीः रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छी बजार नजिक मैनहवा गाउँमा ५ जनाको सामुहिक हत्या हत्या भएको छ । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।
मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको स्थानीयले बताएका छन् । अहिले प्रहरी टोली घटनास्थलमा पुगिसकेका छन् र प्रहरीले घटनाको विवरण संकलन गरिरहेका छन् ।
हत्या किन र कसरी भयो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
वि.सं.२०७७ जेठ २७ मंगलवार ०७:५८




















