YouTube Link

विश्वभर कोरोना भाइरसका कारण ४ लाख ८ हजारभन्दा बढीको मृत्यु, ७१ लाख ९३ हजार भन्दा बढी संक्रमित

World Cup 2026
Facebook Link

एजेन्सीः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १ सय ४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६ सय १५ पुगेको छ ।

विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७१ लाख ९३ हजार ४ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ७१ लाख ९३ हजार ४ सय ७६ पुगेको हो ।

३२ लाख ४९ हजार २ सय ६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७ सय ९८ जनाको अवस्था गम्भीर छ । ३५ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३ सय ६० जनाको मृत्यु भएको छ । २१ लाख ९ हजार १ सय ७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३ सय ३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३५ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४ सय ८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३ सय २७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २ सय ७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९ सय ६१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ३ सय ९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २ सय १२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २४ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ७५ जना संक्रमित भएकोमा ८ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...