YouTube Link

नेपालमा थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

World Cup 2026
Facebook Link

काठमाडौं: नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले दिएको जानकारी अनुसार २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । योसँगै कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या ३ हजार ७ सय ६२ पुगेको छ । अहिलेसम्म ४ सय ८८ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।

प्रवक्ता डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये झापा गौरीगञ्ज गाउँपालिकाका ६ जना १८ देखि ४१ वर्षका पुरुषहरु, सुनसरीको कोशी गाउँपालिकाका १ जना १९ वर्षका पुरुष, मोरङका ९ जना १२ देखि ३६ वर्षका पुरुष तथा महिला रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालमा झापाका १८ देखि ३१ वर्ष सम्मका ३ जना पुरुषहरु, पाँचथरका १ जना २३ वर्षका पुरुष, सप्तरी राजविराजका ६ जना १४ देखि ३४ वर्ष सम्मका एक महिला र अन्य पुरुष रहेका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालमा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ ।

देशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । उनीहरु १६ देखि २५ वर्ष सम्मका पुरुष रहेका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ आएको छ । उनीहरु एकजना स्याङ्जाको क्वारेन्टाइनमा रहेका ६० वर्षका पुरुष र कास्कीको पोखरामा रहेका ४२ वर्षका पुरुष रहेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको क्वारेन्टाइमा रहेका ८ जना, बाराका ७ जना, एक बालिका सहति २ जना महिला र ५ जना पुरुषहरु रहेका छन् । यस्तै रौतहटका जना ४ पुरुषहरु रहेका छन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा दाङका ४ मा पनि संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिकाका एकजना पुरुष, बर्दियाका १८ जना रहेका छन् । यस्तै सुर्खेत अस्पताल तथा पशुपन्छि रोग अन्वेशष प्रयोगशालमा गरीएको परीक्षणमा दैलखका १० जना पुरुषहरु, सल्यानका ५ जना र सुर्खेतका एकजना रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु अर्घाखाँकीका ३१ जना रहेका छन् । यस्तै गुल्मी घर भएका हाल लुम्बिनी मेडिकल कलेजमा रहेका ३२ वर्षकी महिला, कपिलवस्तुका १७ जना, नवलपरासीका २ जना र पाल्ला घर भइ लुम्बिनी मेडिकल कलेजमा रहेका एकजना पुरुष, प्युठान घर भएका लुम्बिनीमा रहेका ८ जना रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना पुरुष, महोत्तरीको क्वारेन्टाइमा रहेका १२ जना पुरुष, रौतहटका ७ जना सर्लाहीका १ सय ६ जना रहेका छन् ।

नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । स्याङ्जाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिक अस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...