YouTube Link

नेकपा एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै

Facebook Link

काठमाडौं: नेकपा एमालेको नेपाल–खनाल समुहले आज बिहान ११ बजे कलंकोक एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षले राखेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गरेका नेपाल–खनाल पक्षले अलग्गै बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेकपा अवैधानिक भन्दै पहिलेकै एमाले र माओवादी केन्द्र कायम गर्ने फैसला गरेपछि एमालेमा तीव्र विवाद सुरु भएको छ ।

नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् ।

यो निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ ।

यो समूहले पार्टीमा समानान्तर कमिटी गठन गरिरहेको छ ।

यसै बीच प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि संसदीय दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा नेपाल–खनाल पक्षका सांसद उपस्थित हुने रनहुने टुङ्गो लागेको छैन ।

वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।

हेर्नुहोस् तपाईको आज २०७७ चैत १३ गते शुक्रबारको तपाईको राशिफल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...