ग्रामिण महिलाको निः शुल्क भिडियो एक्स रे तथा स्वास्थ्य परिक्षण
वि.सं.२०७७ माघ २६ सोमवार १३:००
1.7K
shares
रामेछाप: रामेछाप जिल्लाको खाँडादेवी गाउ पालिका वडा नं ५ पकरबासका ५३ जना महिलाहरुको निः शुल्क भिडियो एक्स रे तथा स्वास्थ्य परिक्षण गरिएको छ ।
अस्पताल तथा स्वास्थ्य सेवामा कम पहुँच भएका पाठेघर सम्बन्धि समस्याबाट पिडित ग्रामिण महिलाहरुलाई लक्षित गरी संचालन गरिएको उक्त स्वास्थ्य शिविरमा पाठेघरमा समस्या भएका ५३ महिलाको निः शुल्क भिडियो एक्स रे गरिएको हो । शिविरमा स्वास्थ्य परिक्षणका लागि आएका महिला मध्ये केहि महिलालाई पथ्थरी भएको पाइएको स्वास्थ्य परिक्षण गर्न गाउँमा पुग्नु भएका डा. सुमन कर्माचार्यले बताउनु भयो ।
तामाकोसी अस्पतालको प्राविधिक सहयोग तथा स्थानीय त्रिशक्ति महिला समाजको आयोजनामा सम्पन्न उक्त शिविरमा खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ का महिलाहरुले सेवा लिएको संस्थाकी सचिव शैलजा ढुंगेलले बताउनु भयो । उक्त संस्थाले यस अगाडि पनि गाउँमा महिला शशक्तिकरणका लागि आय आर्जन तथा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
महिलाहरुका समस्यामा केन्द्रिय यो संस्थाले आगमी दिनहरुमा पनि स्वास्थ्य शिविर, आय आर्जन तथा महिलाको शशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न
वि.सं.२०७७ माघ २६ सोमवार १३:००




















