Texas College
YouTube Link

नेपाल नागरिक उड्ययन प्राधिकरणले बक्यौता बुझाउन ताकेता

Facebook Link

काठमाडौं:  नेपाल नागरिक उड्ययन प्राधिकरणले एयरलायन्सहरूको बक्यौता बुझाउन ताकेता गरेको छ । प्राधिकरणले सोमबार एक सूचना प्रकाशित गर्दै एयरलायन्सहरूको बाँकी रहेको बक्यौत रकम बुझाउन भनेको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार ११ एयरलाइन्स कम्पनीले बुझाउनुपर्ने बक्यौता रकम पटक पटक सूचना गर्दा पनि नबुझाएकाले पुनः ३० दिनको अल्टिमेटम दिएर बक्यौता बु्झाउन भनेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने स्पष्ट गरिएको छ भने प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवम् जमानी बस्नेहरूको जयजेथाबाट सरकारी बाँकी बक्यौता असूल उपर गरिने जनाएको छ ।

प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् ।

 

प्राधिकरणका अनुसार नेकोन एयरलाइन्सले प्राधिकरणलाई ४ करोड ७० लाख ६० हजार ७५५ रुपैयाँ, शिवानी एयरले  ५५ लाख ५१ हजार ५३ रुपैयाँ, अल्पाइन एयरले ७२ हजार ७२८ रुपैयाँ, गोरखा एयरले २० लाख ३५ हजार २९ रुपैयाँ, कर्णाली एयरले १७ लाख ४६ हजार ३ सय रुपैयाँ, माउन्टेन एयरले १२ लाख ७३ हजार ६९४ रुपैयाँ, कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ, सांग्रिला एयरले १५ लाख ३७ हजार ८०० रुपैयाँ, स्काइलाइन एयरवेजले १५ लाख ५० हजार ४ सय रुपैयाँ, काष्ठमण्डप एयरले ७ लाख ३८ हजार ४४७ रुपैयाँ, नेपाल एयरवेजले ५ लाख ५० हजार ५४ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

ग्रामिण महिलाको निः शुल्क भिडियो एक्स रे तथा स्वास्थ्य परिक्षण

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...