भारतका पूर्व सचिव एस रमेशले किन दिदैछन् राजतन्त्र फर्काउने सुझाव ?
वि.सं.२०७७ माघ ११ आइतवार १०:५९
2.2K
shares
काठमाडौ : अहिले नेपालमा राजतन्त्र फर्कन सक्ने भन्दै विभिन्न आशंका गरिररहेको बेला छिमेकी देश भारतका सचिवले राजतन्त्र फर्काउन सुझाव दिएका छन् ।
राजतन्त्र फकार्उन मात्र नभई उनले २०४७ सालको संविधानलाई पुर्नस्थापना गर्ने पहलमा भारत लाग्नुपर्ने पनि बताईरहेका छन् ।
यसले कतै भारतले नेपालमा राजतन्त्र फकार्उनको लागि भित्रभित्रै पहल त गरिरहेका छैनन् भन्ने आशंका पैदा गराएको छ ।
उनले भारत आफ्नो पूर्व डक्ट्रिनमा फर्कदै नेपालमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका हुन ।
नेपालमा चीनको प्रभावलाई ‘चेक’ गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा अब भारत नयाँ विकल्पको खोजी गर्नुपर्ने उनको भनाइ रहेको छ ।
उनले यस भनाईलाई पुष्टि गर्नको लागि अफगानिस्तानका राजा जाहिर शाह र कम्बोडियाका नोरोडोम सिंहानुकको उदाहरणसमेत दिएका छन् ।
भारतीय पत्रिका टेलिग्राफ इन्डिया डटकम एक लेख लेख्दै यो कुरालाई जोडतोडका साथ उठाएका हुन ।
उनले लेखमा यस कामका लागि नेपालको राजपरिवारबाट भारत कोमाथि भर पर्न सक्छ भन्ने प्रमुख प्रश्न रहेको जिकिर गरेका छन् ।
लेखमा एस रमेशले पूर्व राजा ज्ञानेन्द्र नागरिकका रुपमा जीवन बिताइरहेको र पूर्वयुवराज पारसलाई जनताले राजा स्वीकार गर्न नसक्ने हुनाले ‘बेबी किङ’लाई स्पेस दिनुपर्ने कुरामा जोड दिएका छन् ।
उनले आफ्नो लेखमार्फत गिरिजाप्रसाद कोइरालाले अघि सारेको ‘बेबी किङ’ हृदयेन्द्र उपयुक्त पात्र हुनसक्ने पनि बताएका छन् ।
हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने उनको बुझाइ रहेको छ ।
वि.सं.२०७७ माघ ११ आइतवार १०:५९




















