प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको सभामुख सापकोटाको भनाई
वि.सं.२०७७ पुस १६ बिहीवार १४:०७
1.7K
shares
काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको बताएका छन् ।
विभिन्न दल आबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
उनले सर्वोच्च अदालतमा पनि त्यही अनुसारको प्रत्युत्तर दिने तयारीमा रहेको पनि उनको भनाइ थियो ।
संविधानको रक्षाका लागि कसरी भूमिका खेल्ने भन्नेबारे बृहत् छलफल गरिरहेको पनि उनले बताए ।
संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएपछि कारण देखाऊ आदेश जारी भएको छ । सभामुखसँग समेत जवाफ मागिएको छ ।
प्रदेश-१ मा संसदीय दलको नेताबाट शेरधन राईलाई हटाईयो, भीम आचार्य चयन
वि.सं.२०७७ पुस १६ बिहीवार १४:०७



















