YouTube Link

कर्णालीपछि बागमतीको पालो, नेकपामा किन फैलदैछ घातक माँकुरोको जालो ?

Facebook Link

काठमाडौं: सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र केन्द्र र प्रदेश तहमा बेमेलताको ऐंजेरु यतिसम्म पलाएको छ कि त्यो हिजोको काण्डले नै प्रष्ट पारेको छ ।

हिजो नेकपाकै सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वसको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र पलाएको ऐंजेरु छरप्रस्ट भएको हो ।

हुन त यसभन्दा अगाडी पनि केन्द्रमा पनि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच देखिएको बेमेलताले पार्टीभित्र आन्तरिक किचलो छरपष्ट भएको प्रष्टिन्छ ।

केन्द्रबाट शुरु भएको बेमेलता अहिले प्रदेशमा पनि देखिएको छ । जुन स्वभाविक पनि हो । कर्णलीबाट शुरु भएको किचलो अब बागमतिमा आउने भएको छ ।

शक्ति प्रदर्शनमा आपसी जुंगाको लडाईले सिंगो देश र जनतालाई अनिर्णयको बन्दी बनाउनु हुन्न भन्ने आम मान्यता छ । तर अहिले त्यही कुराको रिर्हसल नेकपाभित्र भईरहेको छ । जुन निकै घातक बन्दै गएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरसले आहत भईरहेका नेपाली जनता अब नेकपाभित्र देखिएको कोपभाजनले अझ कति आक्रान्त हुनुपर्ने हो त्यो भने हेर्न बाँकी छ ।

यतिखेर कोरोनाका कारण सर्वसाधारण जनताले उपचार समेत नपाई सडकमा भौतारिरहेको आम सञ्चारमाध्यमहरुमा समाचार देख्न र पढ्न पाएका छौ । यस्तो विषम् परिस्थितिमा मदन भण्डारीको जनताको बहुदलीय जनवादबाट निर्देशित पार्टी जनताप्रति समर्पित हुनुपर्ने हो । तर, यहाँ त्यो सिद्धान्त कुन चराको नाम हो भन्ने अवस्थामा पुर्याउन थालिएको छ ।

खाना र उपचारको अभावमा आफ्नो जीवन गुजारिरहेका गरिव जनताको आशा र भरोसामाथि नेकपा सरकारले खेलाची गरेको दृश्य अहिले स्पष्ट देखिएको छ ।

नेपालीहरुको महान चाड दशैं, तिहार छठ नजिकिदै गर्दा चाडपर्व मनाउनको लागि कार्य क्षेत्रबाट घर फर्कन सक्ने स्थिति छैन । सरकारले जो जहाँ छ त्यही बसेर चाड मनाउन आग्रह गरिरहँदा कोरोनाको सूचक झन उकालो लागिरहेको छ ।

यस्तो अवस्थामा दशैं कसरी मनाउने मनमा अमन चयन नै नभएपछि हर्षको सट्टा झन पिडा थपिने अवस्था आएको छ ।

यस्तो अवस्थामा नेकपा पार्टीभित्र देखिएको किचलोले राष्ट्रिय रुपमै प्रभाव सिर्जना गरेको छ । पार्टीभित्र र सत्ताभित्र भैरहेको शक्ति संघर्षले निस्कने विषाक्त परिणामले अझ कति पिडा जनताले भोग्नुपर्ने हो त्यो पनि हेर्न र भोग्न बाँकी छ ।

शक्ति प्रदर्शनमा आपसी जुंगाको लडाईले सिंगो देश र जनतालाई अनिर्णयको बन्दी बनाउनु हुन्न भन्ने आम मान्यता छ । तर अहिले त्यही कुराको रिर्हसल नेकपाभित्र भईरहेको छ । जुन निकै घातक बन्दै गएको छ ।

नेकपाभित्र विशेष गरी ओली, दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालबीचको बेमेलताले पार्टीभित्र जहिल्यै किचलो हुने गरेको छ । उनीहरुबीचकै लडाईका कारण आम जनताहरुले दुई तिहाईको सरकार भएको देखिए पनि भित्री मनदेखि अनुभूति गर्न पाएका छैनन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीपछि अब बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल यसको शिकार हुने कुरा आएको छ । यो पक्कै पनि राम्रो संकेत भने होईन । पार्टी र देशलाई बिगार्ने खालको माकुराको जालो बेलैमा नफाले यसको दुष्परिणामले निम्त्याउने खतरा कति हुने हो अडकल गर्न सजिलो छैन । यसबारे नेतृत्वले बेलैमा बिचार गर्नु आवश्यक छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...