छोटो दूरीका बस चलाउन दिने सरकारको निर्णय, यातायात व्यवसायीहरु सार्वजनिक बस सञ्चालन गर्न सहमत
वि.सं.२०७७ साउन ५ सोमवार २२:४६
1.3K
shares
काठमाडौं: सरकारले एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
जारी लकडाउन खुकुलो पार्दै मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले यसबारे निर्णय गरेको हो । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको जनाईएको छ ।
यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन ।
यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् ।
वि.सं.२०७७ साउन ५ सोमवार २२:४६




















