भदौ १ गतेदेखि हवाइ उडान सञ्चालनमा आउने
वि.सं.२०७७ साउन ५ सोमवार २२:३०
1.3K
shares
काठमाडौं: सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको हो । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको थियो ।
उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार २२:३०




















