आगामी तीन दिनसम्म वर्षा हुने, नदीहरूमा बहाव बढ्ने भएकोले सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह
वि.सं.२०७७ असार २५ बिहीवार १३:२७
2K
shares
काठमाडौं: आगामी तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले वर्षा भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने भएकोले सतर्क रहन आग्रह गरेको छ ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २५ असारदेखि २८ असारसम्म खासगरी प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको र बाढी र पहिरोको जोखिम हुने हुँदा सजग रहन सो क्षेत्रका स्थानीयलाई एसएमएस मार्फत् जोखिमको सूचना दिइएको महाशाखाले जनाएको छ ।
देशभरका नदीहरुको अवस्था

वि.सं.२०७७ असार २५ बिहीवार १३:२७




















