कैलाली, बैतडी, बाँके र मोरङमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ७ पुग्यो
वि.सं.२०७७ जेठ ९ शुक्रवार १७:१५
1.4K
shares
काठमाडौ: नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप २० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताएका छन् ।
पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी, बाँके र मोरङका गरी २० जना छन् । हालसम्म संक्रमणकै कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन् । डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीमा पनि तीन जनामा संक्रमण पुष्टि भएको छ ।
जानकी गाउँपालिका सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो । बाँकेमा समेत १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका रहेका बताइएको छ । त्यस्तै मोरङका एक जनामा पनि संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमित भेटिएक जिल्ला ४० पुगेको छ ।
वि.सं.२०७७ जेठ ९ शुक्रवार १७:१५



















