रामेछाप मन्थली नगरपालिकामा ३ जनामा आरडिटी परिक्षणमा कोरोना पोजेटिभ
वि.सं.२०७७ जेठ ९ शुक्रवार १९:४३
1.7K
shares
रामेछापः रामेछाप जिल्लाको मन्थली नगरपालिकाभित्रका तीन जनाको आरडिटी परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको परिक्षणमा प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीमा काम गर्ने दुई जना स्वास्थ्यकर्मी र विद्युत प्राधिकरण मन्थलीका कर्मचारी एक जना सहित तीन जनामा आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिएका छन् ।
आरडिटी पोजेटिभ देखिएका तीनै जनालाई अहिले आइसोलेसनमा राखेर पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीका डा. सागर जर्घा मगरले बताए । रामेछाप जिल्लामा अहिलेसम्म पिसिआर विधिबाट ३५ जना र आरडिटी विधिबाट ४ सय ६२ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
वि.सं.२०७७ जेठ ९ शुक्रवार १९:४३



















