Texas College
YouTube Link

काठमाडौंको तापक्रम अहिलेसम्मकै कम, तराईमा आज पनि हुस्सु र कुहिरोको प्रभाव

Facebook Link

काठमाडौं: मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज पनि तराईमा हुस्सु लागेको छ ।

आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको पुस तीन गते काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो । हिजो काठमाण्डौको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो ।

आज भने काठमाडौंको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी रहेको जनाएको छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...