सरिता गिरी सांसद र पार्टीको साधारण सदस्यबाट बाहिर
वि.सं.२०७७ असार २३ मंगलवार १७:०६
1.5K
shares
काठमाडौं: समाजवादी पार्टी नेपालको मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको छ ।
गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको पार्टीका नेता मोहम्मद ईस्तियाक राईले बताए।
वि.सं.२०७७ असार २३ मंगलवार १७:०६




















