सात जनामा कोरोना पुष्टि, आकस्मिक सेवा मात्र संचालन: गंगालाल राष्ट्रिय ह्रदय केन्द्र
वि.सं.२०७७ असार २३ मंगलवार १३:५०
1.3K
shares
काठमाडौं: गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा भर्ना भई उपचाररत सात जना बिरामीमा कोरोना पुष्टि भएसंगै आकस्मिक बाहेकका सेवाहरु अर्को व्यवस्था नभए सम्मका लागि स्थगित गरेको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले कोरोना पुष्टि भएका बिरामीको संख्या उल्लेख नगरेता पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
वि.सं.२०७७ असार २३ मंगलवार १३:५०




















