YouTube Link

आज घोडेजात्रा पर्व मनाईदै, उपत्यकामा सार्वजनिक बिदा

Facebook Link

काठमाडौं: प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने परम्परागत घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिएको जनाएको छ । घोडेजात्राका अवसरमा आज दिउँसो सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष समारोहको आयोजना गर्नेछ ।

समारोहमा सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र विविध युद्धकलाको प्रदर्शन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सांस्कृतिक मान्यता अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने ‘गुरुमापा’ नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने र खाइदिने गरेपछि स्थानीयले उसलाई घोडाको टापले कुल्चाएर मारेको विश्वास गरिन्छ । सोही विजयको खुसीयाली र राक्षसको आत्मालाई शान्त पार्ने प्रतीकका रूपमा प्रत्येक वर्ष घोडा दौडाउने परम्परा रहिआएको संस्कृतिविद्हरूले बताएका छन् ।

काठमाडौँको टुँडिखेलमा मात्र नभई आजकै दिन ललितपुरको पाटनमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने प्राचीन परम्परा छ । उपत्यकाका दुवै सहरमा घोडाको टापले जमिन कुल्चाउँदा नकारात्मक शक्ति क्षय हुने जनविश्वास रहेको स्थानीयले उल्लेख गरेका छन् । नेपाली सेनाले हरेक वर्ष यो पर्वलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै आएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...