इजरायलको पक्षमा उभिनै पर्ने अमेरिकी बाध्यताका कसीहरू
वि.सं.२०८२ चैत २ सोमवार १६:४८
1.4K
shares
सन् १९४८ मा तत्कालिन प्यालेस्टाइनी भूमिमा इजरायलको स्थापनादेखि अमेरिका इजरायलको संरक्षकको रूपमा अग्रपंक्तिमा उभिदै आएको छ । जहाँ इजरायल समस्यामा पर्छ, त्यहाँ अमेरिका उसको सहोदर दाजु जस्तो रक्षक भएर इजरायलको पक्षमा उभिन्छ र इजरायलको बचाउका लागि जेसुकै गर्न तत्पर हुन्छ । यो क्रम इजरायलको स्थापनाकालदेखि नै चल्दै आएको छ । आखिर अमेरिका किन सधैं इजरायलको बफादार अंगरक्षक भएर उभिने गर्दछ त ? विश्वकै शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका सधैं इजरायलको रक्षकको रूपमा उभिन बाध्य हुनुमा अमेरिका, बेलायत र जायोनिष्ट यहुदीहरूको सम्बन्धको लामो ऐतिहासिक फेहरिस्त छ । यसका लागि दोस्रो विश्वयुद्ध र यस पुर्वको यहुदीहरू र बेलायत-अमेरिका सम्बन्धका बारेमा बुझ्न जरूरी हुन्छ ।
इजरायल स्थापनाको कडी
दोस्रो विश्वयुद्धपछि विश्वको इतिहासमा लुकार्इएको एउटा पाटो छ । दोस्रो विश्वयुद्ध अन्त्य गर्ने विषयमा सन् १९४५ को फेब्रुअरी ४ देखि ११ मा क्रिमियाको याल्टामा एलार्इड पावर्सका तर्फका तीन महाशक्तिहरू बेलायत, संयुक्त राज्य अमेरिका र सोभियत संघका राष्ट्र प्रमुखहरूको सम्मेलन हुने तय भयो । यस सम्मेलन हुनुभन्दा तीन दिन अगाडि बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल र अमेरिकी राष्ट्रपति फ्रयांक्लिन रूजवेल्टले प्रशान्त महासागरमा एक पानीजहाजमा गोप्य भेट गरे । यसबारे बाँकी संसारलार्इ कुनै जानकारी दिर्इएको थिएन । त्यस भेटमा चर्चिल र रूजवेल्टले जायोनिष्ट संगठनका केही नेताहरूसँग गोप्य भेट गरेका थिए । यस गोप्य भेटमा जायोनिष्टहरूको मागलार्इ संवोधन गर्ने विषयमा छलफल भएको थियो र त्यही गोप्य भेटको छलफल र सहमतिबाट नै इजरायलको स्थापना तय भएको थियो ।
यसरी बेलायत र अमेरिकाले एउटा जातिय राज्य स्थापनाका लागि गोप्य रूपमा सहमति गर्नुको कारण दोस्रो विश्वयुद्धमा जायोनिष्ट यहुदीहरूले बेलायत र अमेरिकालार्इ ठूलो धनराशी लगानी गरेका थिए । युद्धका लागि आवश्यक खर्चका लागि खासगरी बेलायत र अमेरिका जायोनिष्ट यहुदीहरूको ऋणमा निर्भर थिए। यो ऋण जायोनिष्ट यहुदीहरूका लागि एउटा छुट्टै र सुरक्षित जातिय राज्यको स्थापनाका लागि सशर्त लगानी थियो । त्यसैको परिणाम स्वरूप अमेरिका र बेलायत जायोनिष्टहरूको माग बमोजिम एउटा उग्र जातिय राज्यको स्थापना गर्न मजबुर भएका थिए । यसरी प्यालेष्टिनी भूमिमा इजरायलको स्थापना भएको थियो ।
डार्क इन्फर्मेसन र मोसाद
सन् २०२५ को डिसेम्बरमा अमेरिकाको न्याय विभागले प्रकाशन गरेको पुर्व बाल यौन दूराचारी जेफ्री एप्स्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गरेपछि विश्वभर त्यसले सनसनी मच्चायो । त्यो फाइल नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्स्टिन फाइल पारदर्शिता सम्बन्धी कानूनी मस्यौदामा हस्ताक्षर गरेपछि प्रकाशित भएको थियो । अमेरिकी राष्ट्रपतिलार्इ त्यस मस्यौदामा हस्ताक्षर गर्नु कुनै न्यायको दृष्टले प्रेरित गरेको थिएन, बाध्यता थियो । केही बाध्यताका कारणले केही शर्तहरू सहित उनले सो विधेयकमा हस्ताक्षर गरेका थिए ।
क्यारेवियन सागरमा रहेको लिटिल सेन्ट जेम्स टापु सन् १९९७ मा जेफ्री एप्स्टिनले भेन्चर क्यापिटलिष्ट नामक कम्पनीबाट यो टापु खरीद गरेका थिए । त्यसपछि उनले यसलार्इ लक्जरी रिसोर्टको रूपमा विकास गरे । त्यसपछि यहाँ विश्वभरका धनी र शक्तिशाली भिआर्इपिहरूको गोप्य गन्तव्य स्थल बनाए, जहाँ किशोरीहरूलार्इ मसाजको नाममा लगेर उनीहरूको यौन शोषण हुने गर्दथ्यो र उनीहरूले अनैतिक र गैरकानूनी रोमान्स गर्दथे । जेफ्री एप्स्टिनले गोप्य क्यामेराहरू मार्फत त्यसको भिडियो बनाउँथे र त्यो भिडियोहरू उनले इजरायली जासुसी संस्था मोसादलार्इ बिक्री गर्दथे । त्यही सूचना र प्रमाणहरू प्रयोग गरेर इजरायली जासुसी संस्था मोसादले अमेरिकी शासक र संभ्रान्तहरूलार्इ इजरायलको पक्षमा समर्थन गर्न र इजरायलको रक्षा गर्न बाध्य बनाउने गरेको छ ।
सन् २००५ मा बाल यौन दूराचारमा सामान्य सजाय मात्रै पाएका जेफ्रीएफ्स्टिन बालबालिकाहरूलार्इ यौन शोषण गरेको अभियोगमा सन् २०१९ मा पुनः पक्राउ परेपछि उनको जेलमा नै रहस्यमय तरिकाले मृत्यू भयो । उनको मृत्यू आत्महत्या भनेपनि शक्तिशाली व्यक्तिहरूको पोल खुल्ने डरले उनको हत्या गरिएको हुनसक्ने आशंका गरिन्छ । उनको मृत्यूपछि बन्द भएको ठानिएको सो मुद्दा खोजी पत्रकारिता गर्ने अमेरिकी पत्रकार जुली ब्राउनले अनुसन्धान गरी प्रकाशित गरेपछि यसलार्इ पुनः खोल्न अमेरिकी सरकार बाध्य भएको थियो ।
सन् १९४९ मा स्थापना भएको इजरायलको जासुसी संस्था मोसादले इजरायलको युद्ध नीति तथा योजनाहरूको सफल अपरेशन, संसारभरका विभिन्न भिआर्इपिहरूको हत्या तथा आतंकवाद विरूद्धका विभिन्न सफल अपरेशन तथा मोसादका एजेन्टहरूको विभिन्न देशहरूमा गरेका फिल्मी शैलीका कारवाहीहरूका लागि जिम्मेवार रहेको मानिन्छ । यही जासुसी संस्था र यसले सूचना संयन्त्र नै इजरायल प्रमुख हतियार हो । हालको इरान विरूद्धको युद्धमा पनि अरब तथा युरोपेली देशहरूलार्इ इरान विरूद्धको युद्धमा सामेल हुन बाध्य बनाउने नियतले मोसादका एजेन्टहरूले कतार, साउदीमा बम पड्काउने र त्यसको दोष इरानलार्इ लगाएर अरब देशहरूलार्इ इरान विरूद्धको युद्धमा सामेल हुन बाध्य बनाउने तथा रोमानियास्थित बेलायती सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेको र त्यो आक्रमण इरानले गरेको भन्ने समाचार प्रकाशन गरी बेलायत र युरोपलार्इ समेत इरान विरूद्धको युद्धमा सामेल हुन बाध्य बनाउन यस्तो कार्य भन्ने समाचारहरू बाहिर आइरहेका छन ।
अमेरिकी अर्थतन्त्रमा यहुदीहरूको दबदबा
सन् १९१० को नोभेम्बर २२ का दिन न्यूयोर्कबाट सबै झ्यालका पर्दाहरू बन्द गरिएको एउटा गोप्य ट्रेन निस्कियो । यसभित्र को यात्रा गरिरहेका छन् भनेर कोही पनि अमेरिकी जनताहरूलार्इ जानकारी थिएन । यो ट्रेन होबोकेन, न्यू-जर्सी, जेकिल आइस्ल्याण्ड हुँदै जर्जियासम्म यात्रा गर्यो । यस ट्रेनभित्र अमेरिकी बैंकरहरू ए. पियाट एन्ड्र्रयू, फ्रैंकभान्डरलीप, हेनरीपी. डेविडसन, चार्ल्सडी. नर्टन, बेन्जामिनस्ट्रोंग, र पाउलवारबर्ग सामेल थिए । यो ट्रेन सेनेटर एल्ड्रिचको निजीट्रेन थियो । उनीहरूको नाम यात्रीहरूको परिचय गोप्य राखिएको थियो र यसलार्इ फर्स्ट नेम क्लब भनेर नामाकरण गरिएको थियो । उनीहरूले अमेरिकन जनताको र मूलतः संसारकै भविष्य निर्धारण गर्ने योजना बनाउँदै गोप्य रूपमा दश दिनसँगै बिताएका थिए । यही गोप्य भेटमा नै अमेरिकाको खाका तयार पारिएको थियो । यही खाका बमोजिम सन् १९१३ मा फेडरल रिजर्भ ऐन जारी भयो र यसै ऐन अन्तर्गत सन् १९१३ डिसेम्बरमा संयुक्त राज्य अमेरिकामा फेडरल रिजर्भ बैंकको स्थापना भयो ।
वास्तवमा यो गोप्य भेटमा तय गरिएको खाकामा संयुक्त राज्य फेडरल रिजर्भ बैंकमा कसरी निजी क्षेत्र विशेष गरी यहुदी लगानीकर्ताहरूको एकाधिकार कायम गर्ने भनेर योजना बनाइएको थियो । हालसम्म संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ बैंकमा मुख्य शेयरधनीहरू लन्डन र बर्लिनका रोथ्सचाइल्ड बैंक, पेरिसका लाजार्ड ब्रदर्स बैंक, इटालीका इजरायल मोसेस सिएफ बैंक, ह्याम्बर्ग र एम्स्टर्डमका वारबर्ग बैंक, शियरसन अमेरिकन एक्सप्रेस, न्यूयोर्कका गोल्डम्यान स्याक्स र जेपी मोर्गन चेस बैंकहरु रहेका छन, जसको स्वामित्व संभ्रान्त यहुदीहरूको रहेको छ ।
संयुक्त राज्य अमेरिकाको बैंकिङ क्षेत्रमा यहुदीहरूको प्रवेश सन् १७६४ मा बैंक अफ इङ्ल्याण्डले एक मस्यौदा जारी गरी अमेरिकी मुद्रामा प्रतिबन्ध लगायो र यसको सट्टामा बेलायती मुद्रा नै प्रयोग गर्न अनिवार्य गर्यो । यसले अमेरिकीअर्थतन्त्र बेलायती मुद्रामा निर्भर हुन पुग्यो । त्यस समय अमेरिका बेलायतको उपनिवेशको रूपमा रहेको थियो र यसपुर्व अमेरिकी उपनिवेशहरूले आफ्नै मुद्रा जारी गरी कारोबार गर्ने गर्दथे । तर बेलायती नीतिले अमेरिकालार्इ परनिर्भर बनायो, जसको कारण स्वतन्त्र अमेरिकी महासंग्राम भयो । अमेरिकी स्वतन्त्र महासंग्रामपछि सन् १७८२ मा उत्तर अमेरिकी बैंकको स्थापना गरीआफ्नै कागजी मुद्रा जारी गरी सञ्चालनमा ल्यायो । बेलायतको विभिन्न जालझेलका कारण बैंकले बजार मूल्य कायम राख्न असक्षम भएपछि सन् १७९१ मा उत्तर अमेरिकी बैंकलार्इ विस्थापित गरी अमेरिकामा पहिलो केन्द्रीय बैंक (फर्स्ट बैंक अफ द युनाइटेड स्टेट्स) को स्थापना भयो, जसको मात्रै २० प्रतिशत शेयर अमेरिकी सरकारर बाँकी ८० प्रतिशत शेयर निजी क्षेत्रलार्इ दिने प्रावधानको व्यवस्था गरिएको थियो । यसरी अमेरिकाको केन्द्रीय बैंकमा यहुदी लगानीकर्ताहरूको प्रवेश भएको थियो । त्यसयता अमेरिकी बैंकिङ प्रणालीमा यहुदी लगानीकर्ताहरूको दबदबा रहँदै आएको छ । यसरी संयुक्त राज्य अमेरिकाको वित्तक्षेत्रमा यहुदी लगानीकर्ताहरूको नियन्त्रण रहेको हुनाले इज्रायलले चाहेमा यहुदी लगानीकर्ताहरूलार्इ सिंगो अमेरिकाको अर्थतन्त्र बर्वाद बनाउन सक्ने ल्याकत राख्ने हुनाले अमेरिका सधैं इजरायलको अन्योन्यास्रित रक्षकको रूपमा उभिने र इजरायलले गरेका हरेक युद्धमा विभिन्न बहानामा सामेल हुने गर्दछ । यसरी सानो इजरायलले विशाल अमेरिकालार्इ पनि एउटा माहुतेले हात्ती तह लगाए जस्तै आफ्नो रक्षाका लागि सधैं उपयोग गर्दै मध्यपुर्वको अर्थ राजनीतिमा दादागिरी जमाउँदै आएको छ । जून हाल भइरहेको इरान इजरायल-अमेरिका युद्धबाट भत्किरहेको देख्न सकिन्छ ।
अमेरिकी प्रशासनमा यहुदीहरूको भूमिका
विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकाको सिंगो वित्तक्षेत्रमा हावी भएका अमेरिकन यहुदीहरूको अमेरिकी प्रशासनमा पहुँच नहुने कुरै भएन । अमेरिकी प्रशासनको उच्च ओहदा तथा अमेरिकी कुटनीतिक क्षेत्र, पेशागत क्षेत्र, न्याय क्षेत्र, अमेरिकाका ठूला एलार्इट विश्वविद्यालयहरू तथा अमेरिकन थिंक ट्यांकसँग सम्बन्धित संस्थाहरू, शिक्षा तथा प्रविधि क्षेत्र लगायत प्राय सबै क्षेत्रमा निर्णायक तहका उच्च ओहदामा जायोनिष्ट इजरायल समर्थक अमेरिकी संभ्रान्तहरूको कब्जामा रहेको छ । यसले गर्दा अमेरिकी सरकार सधैं इजरायललार्इ अलग्याएर आफ्नो हितमा मात्रै निर्णय गर्न सम्भव छैन । यसकारण अमेरिकी सरकार अमेरिकी प्रशासनलार्इ अलग्याएर निर्णय गर्न सम्भव नभएकाले अमेरिका सधैं इजरायलको हितमा आँखा चिम्लेर समर्थन गर्न बाध्य हुने गरेको छ ।
अमेरिका इजरायलबीच भएका सन्धि सम्झौताहरू
सन् १९५२ मा अमेरिका र इजरायलबीच दुर्इ पक्षीय सुरक्षा सम्झौताहरू भएका छन् । जसरी उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) मा अमेरिका र युरोपेली देशहरूबीचको सुरक्षा सम्झौता छ, जसमा संगठनका कुनैपनि एक सदस्य राष्ट्रमाथि आक्रमण भएमा सबैमाथि आक्रमण मान्ने र सबै मिलेर प्रतिकार गर्ने व्यवस्था छ, अमेरिका र इजरायलको सुरक्षा सम्झौताहरू त्यसभन्दा पनि उपल्लो स्तरमा सुरक्षा सम्झौताहरू भएको देखिन्छ । अमेरिकाले अन्य कुनैपनि देशलार्इ विक्री गर्न नमिल्ने अत्याधुनिक युद्ध प्रविधि र हतियारहरू सर्वप्रथम इजरायलले सहज रूपमा खरीद गर्ने र प्रयोग गर्न सक्ने प्रावधानहरू रहेका छन । यसका साथै इजरायल अमेरिकाबाट सबैभन्दा ठूलो सैन्य सहायता अनुदान प्राप्त गर्ने देशमा पर्दछ । यसरी अमेरिकाको युद्ध प्रविधि र हतियारहरू प्रथम प्रयोग नै इजरायलले गर्ने गर्दछ ।
सन् २०२३ मा अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यहुदीहरूको संगठन (जिन्सा) ले अमेरिका र इजरायलबीच विशेष सुरक्षा प्रस्तावलाई अमेरिकाले सहज रूपमा स्वीकार गरेको छ, जसले अमेरिका र इजरायलबीच कुनै औपचारिक सुरक्षा सन्धि विना नै सैनिक सहकार्य गर्ने प्रस्ताव पारित गरेको छ । यसले इजरायलको पक्षमा अमेरिकालार्इ विना कुनै रोकतोक अमेरिकी सैन्य सहयोग र सहभागिताका लागि बाटो खुला गरेको छ । यसरी इजरायलले चाहने वित्तिकै अमेरिका इजरायलको सहोदर ठूलो दाजु जस्तो भएर इजरायलको पक्षमा उभिनुको पछाडि अमेरिकी अर्थतन्त्र र प्रशासनमा जायोनिष्ट यहुदीहरूको दबदबा तथा मोसादले प्रयोग गर्ने डार्क इन्फर्मेसनको प्रयोग गरी इजरायलको सुरक्षामा उभिनु बाध्य बनाउने गरेको छ । हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम एप्स्टिन काण्डमा मुछिएका फाइलहरू सार्वजनिक नगर्ने शर्तमा ट्रम्पले इजरायललार्इ जूनसुकै अवस्थामा साथ दिनुपर्ने र युद्ध जिताउनु पर्ने बाध्यता अमेरिकी राष्ट्रपति ट्रम्पलार्इ रहेको छ र त्यसका लागि अमेरिका जूनसुकै हदसम्म अघि बढ्नुपर्ने छ । यस कारण यो युद्ध अब अमेरिकी राष्ट्रपतिका लागि निल्नु न ओकल्नुको भएको छ । यसरी वास्तवमा भन्ने हो भने विश्वलार्इ मानव अधिकार र लोकतन्त्रको हिमायती भएको स्वाँङ पार्ने अमेरिकी सत्ताधारीहरू आफैंभने जायोनिष्टहरूको कठपुतली पात्र मात्रै भएको देखिन्छ ।
वि.सं.२०८२ चैत २ सोमवार १६:४८





















