Texas College
YouTube Link

आज दिउँसोबाट मौसम बदली भइ वर्षा र हिमपात हुने सम्भावना

Facebook Link

काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण आज अपराह्नदेखि मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुख्यगरी पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका अनुसार आज दिउँसोदेखि भोलिसम्म पश्चिम नेपालबाट बादल लाग्न सुरू हुने जनाएको छ । सुदूरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा हुने अनुमान छ ।

 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

 

त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपातको सम्भावना छ ।

 

साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १३ मंगलवार ०६:४८

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने

‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने

वि.सं.२०८२ माघ १२ सोमवार १२:२४

काठमाडौं: 'बलियो एकता, सुरक्षित राष्ट्र' स्लोगनसहित २ सय ६३ औं...

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्‍यो

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्‍यो

वि.सं.२०८२ माघ ९ शुक्रवार १६:३२

काठमाडौं: नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि...

उत्कृष्ट  मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई

उत्कृष्ट  मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:२८

काठमाडौं: सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र...

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

वि.सं.२०८२ माघ ९ शुक्रवार ०९:५६

काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १...

विधिपूर्वक विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

विधिपूर्वक विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

वि.सं.२०८२ माघ ९ शुक्रवार ०९:४४

काठमाडौं: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी...