बाढी पहिरोले पाँच सडक पूर्णरूपमा अवरुद्ध

वि.सं.२०८२ असोज ९ बिहीवार १०:४०
405
shares
काठमाडौं: बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडक अवरुद्ध भएका छन् । देशभरका पाँच सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् । चार सडकखण्ड एकतर्फी सञ्चालन छन् ।
चितवनको इच्छाकामना गाउँपालिका- ५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक सडक पूर्णरूपमा बन्द छ । कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका- ४ बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका-४ काँडाबगरमा पनि सडक पूर्णरूपमा अवरुद्ध छ ।
रसुवाको उत्तरगया-५ स्थित गल्छी त्रिशुली-मैलुङ स्याफ्रु सडक, बागलुङ १३ कालाखोलास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको विनयी त्रिवेणी- २ विश्वकर्मा मन्दिरस्थित पूर्वपश्चिम राजमार्ग र विनयी त्रिवेणी २ कै पैसठ्ठीमोडस्थित पूर्वपश्चि राजमार्ग एकीतर्फी सञ्चालनमा छन् ।

वि.सं.२०८२ असोज ९ बिहीवार १०:४०