YouTube Link

लेन्सबाट देखिएको जेन-­जी आन्दोलन

Facebook Link
vision
तस्बीरः शंकर भुजेल

 

काठमाडौंको मुटुमा रहेको माईतीघर मण्डला । जहाँ हजारौ आन्दोलको सुरुवात हुने स्थान हो । यसै माईतीघर मण्डला साँक्षी भएको भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको शान्तिपूर्ण आन्दोलन एकाएक रणमैदानमा परिणत भयो । सडकमा उत्रिएको जेन-जीहरुको भीडमा मैले एउटा नयाँ पुस्ताको आक्रोश, उत्साह र परिवर्तनको आशाले भरिएको भावुक र उत्प्रेरित अनुहार देखेँ । बढ्दो भ्रष्टाचार, बेथिति तथा सामाजिक सञ्जाल बन्दका कारण सुरु भएको जेन-जी आन्दोलनले उथलपुथल मच्चायो ।

 

मेरो क्यामेराको लेन्सबाट मैले खिचेको हरेक तस्बीरले एउटा कथा भन्छ- यो कथा हो हजारौ जेन-जीको आवाज । जसले आफ्नो आवाज बुलन्द पार्न र परिवर्तनका लागि सडकमा पाइला चाल्न हिच्किचाएनन् । तर, यो आन्दोलनको एउटा पाटो मात्र होइन, यसको अर्को पाटो पनि छ । जुन पीडादायी र विनाशकारी छ । फोटो पत्रकारको रूपमा, मैले यो आन्दोलनलाई नजिकबाट नियाल्ने र यसका हरेक क्षणलाई क्यामेरामा कैद गर्ने अवसर पाएँ । सुरुमा, मैले खिचेको तस्बीरहरूमा केवल रचनात्मकता, आशा र न्यायको आवाज मात्र थियो । तर, जब आन्दोलन हिंसात्मक मोडतिर मोडियो, मेरो क्यामेराको लेन्सले फरक दृश्यहरू कैद गर्न थाल्यो ।

 

तस्बीरः शंकर भुजेल

 

मेरो लेन्सका दुई भिन्न कथाहरू

पहिलो कथाः आन्दोलनको सुरुवाती दिनहरूमा मैले खिचेको तस्बीरले आशा जगाउँथ्यो । हरेक युवाहरुका हातमा परिवर्तन र राजनैतिक अबिश्वासका प्लेकार्डहरु थिए । एक युवाले आफ्नो टाउको माथि एउटा प्लेकार्ड समातेका थिए, जसमा लेखिएको थियो “कलम लिएर पढ्न उमेरमा हतियार बोकेर लड्ने मेरो देशको कस्तो भाग्य !” उनको अनुहारको भाव र यो तस्बीरले देखाउँथ्यो कि यो पुस्ता हिंसा होइन, शान्तिपूर्ण तरिकाले परिवर्तन चाहन्छ । यो तस्बीरले उनीहरूको आक्रोशलाई रचनात्मक र जिम्मेवार तरिकाले प्रस्तुत गर्यो ।

 

दोस्रो कथाः जब आन्दोलनले उग्र रूप लियो, त्यही रचनात्मकताको ठाउँ विनाशले लियो । शान्तिपूर्ण भनिएको आन्दोलनमा अस्रु ग्याँस, पानीका फोहोरा मात्र चलेन गोली पनि चल्यो दुई/चार युवाहरु भुईमा ढले । त्यसपछि जेन-जी आन्दोलनले अर्को मोड लियो । आन्दोलनको भोलिपल्ट देशका विभिन्न ठाउँमा आगजनी भए ठुलो धनराशीको क्षति भयो । त्यस दिन मैले सडकको बीचमा दन्किरहेको आगो बलिरहेका भवनहरुको दृश्य कैद गरेँ । मानिसहरूको अनुहारमा देखिएको रिस र निराशाले भरिएको उनीहरूको पीडालाई दर्शाउँथ्यो । त्यो जलेको संरचना हेर्दा मलाई लाग्यो, यो संरचना मात्र जलेको छैन, यसले समाजको विश्वास पनि जलाएको छ । यो आन्दोलनको विनाशकारी पाटो हो, जसले केही क्षणको आक्रोशलाई दीर्घकालीन क्षतिमा परिणत गर्यो ।

 

तस्बीरः शंकर भुजेल

 

अझै हृदयविदारक दृश्य त के थियो भने सार्वजनिक सम्पत्तिहरु जलेर खरानी भइरहेको तस्बीर थियो । धुवाँको मुस्लोले आकाश ढाकिएको थियो र आगोको रातो रापले पुरै भवनलाई निलेको थियो । यो भवन केवल एउटा संरचना मात्र थिएन । यो नागरिकको करबाट बनेको सम्पत्ति थियो । यसले हामीले आफैंले बनाएको संरचनालाई आफैंले नै ध्वस्त पारेको देखिन्छ । यसरी भएको भौतिक क्षतिले समाजलाई विकासको बाटोमा पछाडि धकेल्छ ।

 

यो आन्दोलनले मलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ । हरेक आन्दोलनको दुई पाटा हुन्छन्- एउटा आशा र अर्को निराशा । रचनात्मकता र विनाशको रेखा एकदमै पातलो हुन्छ । जब त्यो रेखा पार गरिन्छ, तब उद्देश्य हराउँछ र केवल क्षति मात्र बाँकी रहन्छ । मेरो लेन्सले जेन–जीको दुवै रूपलाई कैद गरेको छ । एउटा, जो आफ्नो हकको लागि शान्तिपूर्ण तरिकाले बोल्छ र अर्को जो आफ्नो आक्रोशलाई नियन्त्रण गर्न नसकेर विनाशमा परिणत हुन्छ ।

 

यी तस्बीरहरूले हामीलाई सम्झाउनेछन् कि आन्दोलनको शक्ति रचनात्मकतामा निहित हुन्छ । हिंसा र विनाशमा होइन । जेन-जीले नयाँ अध्याय सुरु गरेको छ । जहाँ उनीहरूले आफ्नो आवाजलाई विश्वसामु राख्न डराउँदैनन् । तर अब उनीहरूले यो पनि बुझ्न जरुरी छ कि हरेक आन्दोलनको अन्तिम उद्देश्य परिवर्तन हुनुपर्छ, विनाश होइन ।

तस्बीरः शंकर भुजेल
तस्बीरः शंकर भुजेल
तस्बीरः शंकर भुजेल
तस्बीरः शंकर भुजेल
तस्बीरः शंकर भुजेल
तस्बीरः शंकर भुजेल

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...