YouTube Link

सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : प्रधानमन्त्री सुशीला कार्की

Facebook Link

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताएकी छिन् । संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उनले समय अनुसार जनताका मागप्रति राज्य गम्भीर संवेदनशील नभएकै कारण युवापुस्ताले आन्दोलन गर्नुपरेको तर्क गरेकी छिन् ।

 

जनभावनाको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको भन्दै राज्य संयन्त्रले कमीकमजोरीप्रति आत्मालोचना गर्दै निरन्तर सुधारको बाटोमा लाग्नुपर्ने बताइन् । पछिल्लो आन्दोलनले राज्यका धेरै पक्षको सुधारको माग गरेको भन्दै उनले सबै पक्षका भावना समेटिने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । ‘जनआवाजलाई बेवास्ता गर्न वा अस्वीकार गर्न सकिन्न, सुनुवाइ गर्नुपर्छ । जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो’, उनले थपिन्, ‘यसका लागि आवश्यक पर्ने संस्थागत पुनर्संरचना र कानूनमा परिमार्जन गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ ।’

 

उनले आफू पदको लोभका कारण नआएको भन्दै युवाहरूको मागसमेतलाई दृष्टिगत गरी निर्वाचन गराउने कार्यभार पूरा गर्न आएको बताइन् । ‘म कुनै शासकीय आकाङ्क्षा बोकेर, कुनै पदको लालचा लिएर प्रधानमन्त्री भएको होइन’, उनले भनिन्, ‘देश सङ्कटमा रहेको बेला परिवर्तनकामी युवापुस्ताको अनुरोधसमेतका आधारमा चुप लागेर बस्न नसकी सङ्क्रमणको व्यवस्थापन गर्दै नेपालको संविधानबमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचनमार्फत् जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ ।’

 

संविधानमा परिवर्तन भन्दा पनि त्यसको भावना र मर्मअनुरूप काम गर्न आवश्यक रहेको बताइन् । उनले आफूलाई दिइएको अभिभारा पूरा गर्न हरतरहले लाग्ने बताइन् । उनले जनतामा धेरै असन्तुष्टि रहेको र एकैचोटी सम्बोधन गर्न कठिन भए पनि क्रमश: पूरा गर्दै जाने बताइन् । राज्यका सबै संयन्त्रसँगै नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...