YouTube Link

देशभर मनसुनी वायुको प्रभाव, नदीमा आकस्मिक बाढीको जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान

Facebook Link

काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ । यसले गर्दा देशभर साधरणतया बदली रहेको छ ।

 

बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव आज दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

 

त्यस्तै, इलाम, झापा, सोलुखुम्बु, सङ्खुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, सिन्धुली, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

वि.सं.२०८२ असोज ३० बिहीवार ०६:५७

काठमाडौं: नेपालले टी-२० विश्वकप एसिया इस्ट एसिया प्यासिफिक छनोटको सुपर...

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

वि.सं.२०८२ असोज २९ बुधवार ०७:४६

काठमाडौं: आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको...

सभामुखले आज दलहरूसँग छलफल गर्ने

सभामुखले आज दलहरूसँग छलफल गर्ने

वि.सं.२०८२ असोज २९ बुधवार ०७:३४

काठमाडौं: सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा...

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

वि.सं.२०८२ असोज २९ बुधवार ०७:२८

काठमाडौं: नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ...

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

वि.सं.२०८२ असोज २९ बुधवार ०७:१६

काठमाडौं: जेन-जी आन्दोलनको क्रममा मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय...

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:०१

काठमाडौं: आइसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको...