YouTube Link

बाढी तथा पहिरोका कारण ८ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

Facebook Link

काठमाडौं: मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । नेपाल प्रहरीले सोमबार बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

 

बागमती प्रदेशमा मात्रै ४ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने पुल नै बगाउँदा यातायात पूर्ण ठप्प छ । रसुवाको पासाङ ल्हामु सडक खण्ड पहिरोले अवरुद्ध बनेको छ । यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग बन्द छ भने नुवाकोटको शिवपुरी–४ चालिसेस्थित मध्य–पहाडी लोकमार्ग पनि पहिरोले अवरुद्ध छ ।

 

कर्णाली प्रदेशका तीन महत्त्वपूर्ण सडक पूर्ण रूपमा बन्द भएका छन् । रुकुम पश्चिमको आठबिसकोटमा बाढीका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध छ । त्यसैगरी, हुम्लाको सिमकोटमा पहिरोले कर्णाली करिडोर र जाजरकोटको छेडागाडमा पहिरोले मध्य–पहाडी राजमार्ग अवरुद्ध बनाएको छ । कोशी प्रदेशमा संखुवासभाको भोटखोला–८ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 

काठमाडौं-नुवाकोट सडक खण्ड टोखा नगरपालिका–२ मा एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बानपा–१० दब्ल्याङ र नवलपरासी (पूर्व)को गैँडाकोट–३ तरङखोलामा एकतर्फी सञ्चालनमा छ । बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङको थासाङ–४ घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी छ । सहिद राजमार्गअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र धामाचौरमा पहिरो खस्दा सडक एकतर्फी बनेको छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

वि.सं.२०८२ असोज ३० बिहीवार ०६:५७

काठमाडौं: नेपालले टी-२० विश्वकप एसिया इस्ट एसिया प्यासिफिक छनोटको सुपर...

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

वि.सं.२०८२ असोज २९ बुधवार ०७:४६

काठमाडौं: आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको...

सभामुखले आज दलहरूसँग छलफल गर्ने

सभामुखले आज दलहरूसँग छलफल गर्ने

वि.सं.२०८२ असोज २९ बुधवार ०७:३४

काठमाडौं: सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा...

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

वि.सं.२०८२ असोज २९ बुधवार ०७:२८

काठमाडौं: नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ...

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

वि.सं.२०८२ असोज २९ बुधवार ०७:१६

काठमाडौं: जेन-जी आन्दोलनको क्रममा मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय...

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:०१

काठमाडौं: आइसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको...