YouTube Link

बाढी तथा पहिरोका कारण ८ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

Facebook Link

काठमाडौं: मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । नेपाल प्रहरीले सोमबार बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

बागमती प्रदेशमा मात्रै ४ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने पुल नै बगाउँदा यातायात पूर्ण ठप्प छ । रसुवाको पासाङ ल्हामु सडक खण्ड पहिरोले अवरुद्ध बनेको छ । यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग बन्द छ भने नुवाकोटको शिवपुरी–४ चालिसेस्थित मध्य–पहाडी लोकमार्ग पनि पहिरोले अवरुद्ध छ ।

कर्णाली प्रदेशका तीन महत्त्वपूर्ण सडक पूर्ण रूपमा बन्द भएका छन् । रुकुम पश्चिमको आठबिसकोटमा बाढीका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध छ । त्यसैगरी, हुम्लाको सिमकोटमा पहिरोले कर्णाली करिडोर र जाजरकोटको छेडागाडमा पहिरोले मध्य–पहाडी राजमार्ग अवरुद्ध बनाएको छ । कोशी प्रदेशमा संखुवासभाको भोटखोला–८ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काठमाडौं-नुवाकोट सडक खण्ड टोखा नगरपालिका–२ मा एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बानपा–१० दब्ल्याङ र नवलपरासी (पूर्व)को गैँडाकोट–३ तरङखोलामा एकतर्फी सञ्चालनमा छ । बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङको थासाङ–४ घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी छ । सहिद राजमार्गअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र धामाचौरमा पहिरो खस्दा सडक एकतर्फी बनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...