आज देशभरका क्याम्पसहरुमा विद्यार्थी संघ संगठन दर्ता गरिँदै

वि.सं.२०८१ फागुन १९ सोमवार ०९:०५
588
shares
काठमाडौं: चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज संघ संगठन दर्ता हुँदैछ । आज देशभरका क्याम्पसहरुमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो । सोमबार दिउँसो ३ बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ ।
फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ । फागुन २५ मै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ का लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने फागुन २८ का लागि तोकिएको छ ।
त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय फागुन २९ मा तोकिएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
कार्यतालिका

वि.सं.२०८१ फागुन १९ सोमवार ०९:०५