YouTube Link

केपी ओली कपको उपाधिका लागि आज आर्मी र मच्छिन्द्र भिड्दै

Facebook Link

काठमाडौं: तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज साविक विजेता मछिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा आर्मीले साविक विजेता मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाउमा हुनेछ ।

 

आर्मीले यसको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २-० ले र सेमिफाइनललाई संकटालाई २-१ ले हराएको थियो । मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १-० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४-० लाई हराएको थियो ।

 

आइतबार पत्रकार सम्मेलन गर्दै दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि टिम पूर्ण रूपमा तयार भएको जनाएका छन् । विभागीय आर्मीका प्रशिक्षक मेघराज केसीले दुवै टोली राम्रो भएकाले फाइनलमा पुगेको बताए ।

 

फाइनल खेलअघि साङ्गीतिक प्रस्तुति हुनेछ । राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगिताका विजेताले १५ लाख ११ हजार १११ रुपियाँ प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । उत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार पाउने छन् ।

 

आज प्रमुख अतिथि बुफन

 

 

विश्वकप विजेता इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफन नेपाल आएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनी आएका हुन् । उनले नेपाल विश्वको उत्कृष्ट देश रहेका  भन्दै आफू र श्रीमतीको नेपाल भ्रमण स्मरणीय हुने बताए । उनले आयोजकलाई धन्यवाद दिए ।

 

सन् २००६ को फिफा विश्वकप जित्नुभएका बुफनले इटालीका लागि १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २००६ को विश्वकपको उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो । टाइब्रेकरमा पुगेको सो खेलमा इटालीले फ्रान्सलाई ५-३ ले हराएको थियो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...