YouTube Link

केपी ओली कपको उपाधिका लागि आज आर्मी र मच्छिन्द्र भिड्दै

Facebook Link

काठमाडौं: तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज साविक विजेता मछिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा आर्मीले साविक विजेता मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाउमा हुनेछ ।

 

आर्मीले यसको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २-० ले र सेमिफाइनललाई संकटालाई २-१ ले हराएको थियो । मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १-० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४-० लाई हराएको थियो ।

 

आइतबार पत्रकार सम्मेलन गर्दै दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि टिम पूर्ण रूपमा तयार भएको जनाएका छन् । विभागीय आर्मीका प्रशिक्षक मेघराज केसीले दुवै टोली राम्रो भएकाले फाइनलमा पुगेको बताए ।

 

फाइनल खेलअघि साङ्गीतिक प्रस्तुति हुनेछ । राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगिताका विजेताले १५ लाख ११ हजार १११ रुपियाँ प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । उत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार पाउने छन् ।

 

आज प्रमुख अतिथि बुफन

 

 

विश्वकप विजेता इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफन नेपाल आएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनी आएका हुन् । उनले नेपाल विश्वको उत्कृष्ट देश रहेका  भन्दै आफू र श्रीमतीको नेपाल भ्रमण स्मरणीय हुने बताए । उनले आयोजकलाई धन्यवाद दिए ।

 

सन् २००६ को फिफा विश्वकप जित्नुभएका बुफनले इटालीका लागि १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २००६ को विश्वकपको उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो । टाइब्रेकरमा पुगेको सो खेलमा इटालीले फ्रान्सलाई ५-३ ले हराएको थियो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...