YouTube Link

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने तयारी

Facebook Link

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक १:१५ बजेका लागि बलाईएको छ । आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने तयारी गरेको छ । तर प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएपनि राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा अध्यादेश स्वीकार हुने नहुनेमा अन्योल देखिएको छ ।

 

अध्यादेश स्वीकृत गर्ने नगर्ने निर्णायक भूमिकामा जसपा नेपाल रहँदा उसले सत्ताको बार्गेनिङ सुरू गरेको छ र अप्ठ्यारो अवस्थामा पर्दा सतारुढ गठबन्धन भित्र विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेस लचिलो पनि बन्दै गएका छन् । जसपा नेपालले सरकारले संसद्मा पेश गरेको अध्यादेशलाई गुण र दोषका आधारमा छलफल गरेर निर्णय लिने बताएको छ । तर यहि अध्यादेशका आधारमा उसको ध्यान संघदेखि प्रदेशसम्मको सत्ता तर्फ पनि तानिएको छ ।

 

सरकारले ल्याएको अध्यादेश स्वीकृत अस्वीकृत के हुने भन्नेमा राष्ट्रिय सभामा ३ सीट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक बनेपछि सत्ता राजनीतिको खेल सुरू भएको हो । आजको संसदको कार्यतालिका अनुसार सरकारले २ पटक गरेर ल्याएको ६ वटै अध्यादेश दुवै सदनमा निर्णायार्थ पेश हुँदैछ ।​

 

अध्यादेश दुवै सदनबाट स्वीकार भयो भने प्रतिस्थापन विधेयक ल्याउन बाटो खुल्ने छ र स्वीकृत नभए अध्यादेश निस्कृय हुनेछ । संविधानले अध्यादेश दुवै सदनबाट बहुमतले स्वीकृत हुनुपर्ने परिकल्पना गरेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेशको विपक्षमा उभिएका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको १७ जना सांसद छन । त्यसैगरि एकीकृत समाजवादीका ८ जना र जनमोर्चाका १ गरी २६ जना विपक्षमा हुन्छन् । सत्तापक्षका भने २८ जना सदस्य मात्रै छन् र बहुमतका लागि ३० जना चाहिन्छ ।  यस्तोमा जसपा नेपालले विपक्षीलाई साथ दियो भने अध्यादेश स्वतः अस्वीकार हुन्छ भने सत्तापक्षलाई साथ दिएमा स्वीकार हुन्छ ।

 

आफू निर्णायक भूमिकामा रहेको यहि अवस्थालाई जसपा नेपालले राजनीतिक बार्गेनिङको कार्ड बनाएको छ । जसपाले खासगरि मधेश प्रदेशमा जसरी पनि जनमतलाई हटाएर मुख्यमन्त्री आफु लिन चाहन्छ । अर्कोतर्फ आफुसँग छुट्टिएर गएको अशोक राई नेतृत्वको संघ सरकारमा सहभागिताका विषय पुनर्विचार गर्नुपर्ने उसको भनाइ छ । यसैगरी छलफलका क्रममा जसपाले संघमा पनि २ वटा मन्त्रालय माग गरिरहेको छ ।

 

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...