YouTube Link

१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने

Facebook Link

काठमाडौं: सरकारले २१औँ निजामती सेवा दिवस २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा नियमावली २०५० अनुसार ती कर्मचारीलाई सम्मान गरिनेछ । सो पुरस्कार २०८२ को २२औं निजामती सेवा दिवसको अवसरमा प्रदान गरिनेछ । सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

 

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलमा कार्यरत सुपरिटेन्डेट इञ्जिनियर रामचन्द्र दैगाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा कार्यरत प्रदेश सचिव शंकरबहादुर केसी पुरस्कृत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत उपसचिव राजुप्रसाद गुरागार्ईं, कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा कार्यरत उपसचिव चुडाराज न्यौपाने, गृह मन्त्रालयमा कार्यरत उपसचिव कृष्ण सापकोटाले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरे ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव चीरञ्जीवी नेपाल, नापी कार्यालय खाँखबारीमा कार्यरत सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा कार्यरत दरोगा बुनु राना, समशितोष्ण बागवानी केन्द्र मार्फा मुस्ताङमा कार्यरत निलबहादुर पुर्जा मगरलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिइनेछ । त्यस्तै, विभिन्न कार्यालयमा कार्यरत ३० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । मन्त्रालयका अनुसार, सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बराल, शिक्षा विकास तथा समन्वय एकाइ धनकुटामा कार्यरुत एकाइ प्रमुख मोहन राई, कोलेनिका बर्दियाका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारका उपसचिव आनन्द पौडेलाई प्रदान गरिनेछ ।

 

संघीय आयोजना कार्यान्वयन एकाइ कैलालीका सिडिइ रमेश थिङ, क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत काफिल अहमद, सडक विभाग काठमाडौँमा कार्यरत सिडिइ श्यामकुमार यादव र वनस्पति अनुसन्धान केन्द्र कैलालीमा कार्यरत वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टलाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । यसैगरी नेपाली दूतावास बेइजिङमा कार्यरत उपसचिव (काउन्सेलर) सविता नकर्मी, भीमफेदी गाउँपालिका मकवानपुरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, आन्तरिक राजश्व कार्यालय बानेश्वरमा कार्यरत कर अधिकृत वेदप्रसाद खनाल, लोक सेवा आयोग कमलपोखरीमा कार्यरत शाखा अधिकृत प्रेमकुमार पोखेरललाई पनि उक्त पुरस्कार दिइनेछ ।

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शाखा अधिकृत शतलसिंह उखेडा, उच्च अदालत तुलसीपुरमा कार्यरत इजलाश अधिकृत कृष्णप्रसाद पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा कार्यरत खाद्य अनुसन्धान अधिकृत सुशिला सिंह, जिल्ला सहकारी वकिल कार्यालय हुम्लामा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता शिलुकमा लिंथेप, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत शाखा अधिकृत उदयप्रकाश लिम्बू, महालेखा परीक्षकको कार्यालय अनामनगरमा कार्यरत लेखापरीक्षण अधिकारी कृष्णबहादुर खत्रीलाई पनि उक्त पुरस्कार प्रदान गरिनेछ ।

 

यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद, धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिनियर अनमी (छैटौं) राममाया गुरुङ, संघीय संसद् सचिवालय सिंहदरबारमा कार्यरत सिनियर अहेव (छैटौँ) पुष्पराज रिजाल र राष्ट्रिय किताबखाना (निजामती) हरिहरभवनमा कार्यरत नायब सुब्बा रोशनी नेपाललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टंगालमा कार्यरत नायब सुब्बा राजेद्रप्रसाद ढुंगाना, राष्ट्रपति कार्यालयमा कार्यरत नायब सुब्बा प्रतिभा काफ्ले, जिल्ला निर्वाचन कार्यालय सिरहामा कार्यरत कम्प्युटर अपरेटर गणपैत यादव, हुम्ला जिल्ला अदालतमा कार्यरत नायब सुब्बा छत्तबहादुर बोगटी,  कैलाली जिल्ला अदालतमा कार्यरत डिट्ठा हिरालाल सुनार, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा कार्यरत हल्का सवारी चालक मानबहादुर दराई, अर्थ मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी जनक महत र सडक विभाग काठमाडौँमा कार्यरत कार्यालय सहयोगी टहदबहादुर जिरेललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । -रासस

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...