महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित
वि.सं.२०८१ भदौ २२ शनिवार १५:२३
1.1K
sharesकाठमाडौं: विभागीय टोली एपिएफले महिला लिगमा पहिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै एपिएफले तीन अंक जोडेको छ ।
पहिलो हाफको इन्जुरी समयमा सावित्रारानागरले एपिएफलाई सुरुआती अग्रता दिलाइन् । जारी प्रतियोगितामा एपिएफको यो पहिलो गोल हो । यसअघि एपिएफ पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो । ५६औं मिनेटमा आर्मी खेलमा फर्कियो । विमला चौधरीले डीबक्स बाहिरबाट गरेको प्रहारले सीधै जाली चुम्यो । ६७औं मिनेटमा आर्मीकी गोलकिपर अञ्जना रानामगरले अनावश्यक रूपमा अनिता केसीलाई पेनाल्टी बक्सभित्र लडाउँदा मुख्य रेफ्री प्रतीक घिमिरेले एपिएफलाई पेनाल्टी दिएका थिए । जसलाई गीता रानामगरले गोलमा परिणत गरे ।
वि.सं.२०८१ भदौ २२ शनिवार १५:२३