YouTube Link

हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै प्रश्न गरे ।

 

उनले भने, ‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो । त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा ? महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो । जनयुद्ध हो भने त्यो फेल हुँदैन । जनआन्दोलन हो भनेपनि फेल हुँदैन ।’ जनताको नाममा एक मुठ्ठी मान्छेले आफ्नो रहर निर्देशित, प्रायोजित अरु प्रकारका रहरहरु लाद्न खोजियो भने त्यसलाई अस्वीकार गर्नुपर्ने बताए ।

 

उनले थपे,‘मैले पनि झापा आन्दोलनताका जुन नीति लिएको थिए त्यो सही नीति भएनछ अगाडि बढ्नको लागि बदलियो । सही भएन त बदल्नुपर्छ । त्यसैले अरुले बनाएका अनावश्यक हिंसा छोड्नुपर्छ बदल्नुपर्थ्यो । बदल्यौं । हिंसाको महिमा गरेर हामी अगाडि बढ्न सक्दैनौं र त्यसले फेरि खतरा ल्याउँछ । हामी हिंसा नमान्नेहरू त छँदै छौँ । हिंसालाई महिमा मण्डन गर्नु हुँदैन । प्रशंसा गर्नु हुँदैन । हिंसा महान् थियो, महान् हिंसाले । उनले सहमतिमै अब निजामती सेवा ऐनलाई ऐनलाई अगाडि बढाउने बताए ।

 

उनले भने, ‘निजामती सेवा ऐन निर्माण गर्नुछ, विधेयक पास गर्नुछ । यसका निम्ति हामीले छलफल गर्छौं । अहिले सरकारलाई धेरै अप्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुई वटा पार्टीको सरकार छ । दुई वटा रेस्पोन्सिबल पार्टीहरूको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरूको नै सरकार छ । त्यसो भएर त्यति अप्ठ्यारो छैन संख्याको हिसाबले । हामी छलफल गर्छौं कुनैपनि हिसाबले अप्ठ्यारो नहोस् । हामीले टिआरसी बलि जस्तो त पास गर्यौँ, सहमतिले अहिले । हामीसँग बहुमत छ भनेर बहुमतले पास गरेको होइन, आम रुपमा भन्ने हो भने सर्वसम्मतले पास गरेका हौँ ।’

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...