YouTube Link

हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

Khanepani Dhal
Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै प्रश्न गरे ।

 

उनले भने, ‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो । त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा ? महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो । जनयुद्ध हो भने त्यो फेल हुँदैन । जनआन्दोलन हो भनेपनि फेल हुँदैन ।’ जनताको नाममा एक मुठ्ठी मान्छेले आफ्नो रहर निर्देशित, प्रायोजित अरु प्रकारका रहरहरु लाद्न खोजियो भने त्यसलाई अस्वीकार गर्नुपर्ने बताए ।

 

उनले थपे,‘मैले पनि झापा आन्दोलनताका जुन नीति लिएको थिए त्यो सही नीति भएनछ अगाडि बढ्नको लागि बदलियो । सही भएन त बदल्नुपर्छ । त्यसैले अरुले बनाएका अनावश्यक हिंसा छोड्नुपर्छ बदल्नुपर्थ्यो । बदल्यौं । हिंसाको महिमा गरेर हामी अगाडि बढ्न सक्दैनौं र त्यसले फेरि खतरा ल्याउँछ । हामी हिंसा नमान्नेहरू त छँदै छौँ । हिंसालाई महिमा मण्डन गर्नु हुँदैन । प्रशंसा गर्नु हुँदैन । हिंसा महान् थियो, महान् हिंसाले । उनले सहमतिमै अब निजामती सेवा ऐनलाई ऐनलाई अगाडि बढाउने बताए ।

 

उनले भने, ‘निजामती सेवा ऐन निर्माण गर्नुछ, विधेयक पास गर्नुछ । यसका निम्ति हामीले छलफल गर्छौं । अहिले सरकारलाई धेरै अप्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुई वटा पार्टीको सरकार छ । दुई वटा रेस्पोन्सिबल पार्टीहरूको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरूको नै सरकार छ । त्यसो भएर त्यति अप्ठ्यारो छैन संख्याको हिसाबले । हामी छलफल गर्छौं कुनैपनि हिसाबले अप्ठ्यारो नहोस् । हामीले टिआरसी बलि जस्तो त पास गर्यौँ, सहमतिले अहिले । हामीसँग बहुमत छ भनेर बहुमतले पास गरेको होइन, आम रुपमा भन्ने हो भने सर्वसम्मतले पास गरेका हौँ ।’

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...