YouTube Link

नक्कली नोट बनाउने कार्यमा संलग्न ८ जना गिरोह पक्राउ

Facebook Link

सर्लाही: सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका-१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित ८ जना पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका-१५, बस्ने २६ वर्षीय सौगात थापा मगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका-१२, मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई रहेका छन् ।

 

त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका-१, कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका-५, बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर र भारतकै मेजरगन्ज पन्चायत-८, बस्ने ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

नेपाल-भारत सीमा दशगजा नजिकै पर्ने मधुबनी गाउँमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट खटिएको प्रहरी टोलीले आठ जनालाई पक्राउ गर्न सफल भएको हो ।

 

प्रहरीले घटनास्थलबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रङ्गका आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपैयाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो र दुई वटा भारतीय मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका आठै जना व्यक्ति र बरामद भएका समान जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका ८ जनाविरुद्ध अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले प्रहरीलाई १० दिनको म्याद थप गरेको छ । गोडैता नगरपालिका क्षेत्रबाट यसरी बारम्बार नक्कली नोट बनाउने व्यक्ति पक्राउ परिरहेका छन्। प्रहरी उपरीक्षक सिंहले सो क्षेत्रमा थप शङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

वि.सं.२०८१ भदौ ३० आइतवार १५:३०

काठमाडौं: विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई पराजित...

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:०९

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडीको...

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले जम्मा गर्यो ६५ लाख रुपैयाँ पुरस्कार

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले जम्मा गर्यो ६५ लाख रुपैयाँ पुरस्कार

वि.सं.२०८१ भदौ २८ शुक्रवार १३:४६

काठमाडौं: ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख...

उमाकुण्डमा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

उमाकुण्डमा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ भदौ २८ शुक्रवार १३:२३

रामेछाप: उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम...

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:१४

काठमाडौं: कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले...

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

वि.सं.२०८१ भदौ २७ बिहीवार १६:०२

काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते...