गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृको सम्झना (फोटो समाचार)
वि.सं.२०८१ भदौ १७ सोमवार ११:३३
720
sharesकाठमाडौं: भाद्र कृष्ण औँसीका दिन आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।
तस्बीरमा गोकर्णेश्वर महादेव मन्दिर परिसर: (तस्बीरः प्रदीप कुमार श्रेष्ठ)
वि.सं.२०८१ भदौ १७ सोमवार ११:३३