YouTube Link

मन्थली नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै

Facebook Link

 

काठमाडौं: रामेछापको मन्थली नगरपालिकाले समग्र नगरभित्रका सम्भावित गन्तव्यहरुलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग छलफल सुरु गरेको छ । नगरपालिकाले नगरको पर्यटन प्रवर्द्धनका लागि वृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौँमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।

 

असार २० गते पर्यटन बोर्डमा हुने कार्यक्रममा केन्द्र सरकार, प्रदेश सरकारसहित निजी क्षेत्रका व्यवसायी र सरोकारवाल समेतको उपस्थितिमा समग्र नगरको पर्यटन प्रवर्द्धनबारे छलफल हुने र उक्त छलफलका आधारमा समग्र नगरको पर्यटन गुरुयोजना बनाउने गरि नगरपालिका अघि बढ्ने नगरप्रमुख लब श्रेष्ठले जानकारी दिएका छन् ।

 

अहिले मन्थली नगरपालिकाको केन्द्रमै पर्ने मन्थली विमानस्थलबाट पर्यटकीय सिजनमा सगरमाथा क्षेत्रको हवाइ उडान हुँदै आएको छ । सिजनमा दैनिक दर्जनौ उडानमार्फत ठूलो संख्यामा पर्यटकहरु मन्थली विमानस्थल हुँदै लुक्ला पुग्दै आएका छन् । तर, मन्थलीमा स्तरीय होटल तथा अन्य पूर्वाधारको अभाव देखाउँदै कम्पनीहरुले पर्यटकलाई मन्थलीमा रोक्ने गरेका छैनन् । यसै क्रममा मन्थलीमा के कस्ता सुविधाहरु थप गर्दा पर्यटकहरुलाई मन्थली र आसपासका क्षेत्रमा केही समय राख्न सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीहरु समेतको सहभागीतामा बृहत छलफल आयोजना गर्न लागेको हो ।

 

‘मन्थली विमानस्थल अहिले पर्यटकीय सिजनमा निकै ब्यस्त हुन्छ, दैनिक सयौँ पर्यटकहरु मन्थलीबाट लुक्ला र लुक्लाबाट मन्थली ओहोरदोहोर गरिरहनु हुन्छ, तर, ति पर्यटकहरु मन्थलीमा घुम्ने र बस्ने क्रम शून्य बराबर छ’, मेयर श्रेष्ठले भने, ‘यस विषयमा हामीले पर्यटन व्यवसायीहरु, उद्योग वाणिज्य संघका साथीहरुसँग छलफल पनि गर्यौँ । यसबाट हामीले तीनै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला सहितको एउटा बृहत कार्यक्रम गर्ने निष्कर्ष निकाल्यौँ । जसबाट हाल भइरहेको उडानबाट मन्थलीले कसरी लाभ लिनेछ भन्ने निष्कर्ष त आउने नै छ, साथै हामीले अब अन्य आन्तरिक र बाह्य पर्यटक लक्षित के कस्ता काम गर्नुपर्छ भन्ने सुझाव पनि प्राप्त हुने हामीले विश्वास लिएका छौँ ।’

 

नगरपालिकाले पर्यटन सम्वद्ध सबै निकाय र सरोकारवालालाई एकै ठाउँमा राखेर आयोजना गर्न लागेको यो नै पहिलो कार्यक्रम भएको उनको भनाइ छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, बागमती प्रदेशको पर्यटन मन्त्रालय, बागमती प्रदेशसभाको उद्योग तथा पर्यटन समिति, नागरिक उड्डययन प्राधिकरण, पर्यटन विभाग, पर्यटन बोर्डसहित निजी क्षेत्रका पर्यटन सम्वद्ध संगठनहरुको समेत सहभागीता हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...